अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बिआरटीनेपाल २०८० साउन २० गते ४:३९ मा प्रकाशित

नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ । उहाँले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय