अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

दोलखामा पहिरो – दुई जनाको मृत्यु, अन्य दुई जना अझै बेपत्ता

बिआरटीनेपाल २०८० साउन १९ गते ५:३४ मा प्रकाशित

दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो। शुक्रबार दिउँ मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो । टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।

यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको छ । पहिरोमा परी दुईजना अझै बेपत्ता छन् बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिला श्रेष्ठ रहेका छन् । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ । थप १५ घर विस्थापित बनेका छन् । पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी मरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय