अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

संविधानलाई पूर्णता दिने काम समाजवादी पार्टीको मुख्य कार्यभार : बाबुराम भट्टराई

बिआरटीनेपाल २०८० साउन १९ गते ४:४६ मा प्रकाशित

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताउनुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले नेपाललाई संसारको एउटा समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताउनुभयो । उहाँले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रुपान्तरणको माध्यामबाट व्यवस्थापन गर्दै अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय