अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 03:05

काउलीपछि हरिवंश र शान्तिश्रीले ल्याए ‘ए केटा मादलु पड्का’

बिआरटीनेपाल २०८० साउन १८ गते ६:२३ मा प्रकाशित

 ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका आचार्य तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् । तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज ओलीलाई सुनाउँदा तत्काल यो संयोग जुरेको आचार्यको भनाई छ ।

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको आचार्य बताउँछन् । ‘यो सन्देशमूलक गीत होइन , उनी भन्छन्– ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो, यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ । ’ यद्यपी यो गीतमा चुनावमा हुने पैसा बाड्ने विकृतीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतमा ‘काउली’ कै कलाकार दोहोरिएका छन्न् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयंले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू