अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२
| Colorodo: 07:07
प्रतिनिधिसभा बैठक एक साताको लागि सरेको छ । मंगलबार दिउँसो लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नजुट्दा एक साताको लागि स्थगित भएको हो । एमालेले सुन तस्करी प्रकरण छानविनको लागि उच्च स्तरीय समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । तर सरकारले प्रतिपक्षको यो माग सुनुवाई गरेको छैन । सुन तस्करी प्रकरण छानविनको लागि उच्च स्तरीय समिति बनाउन सरकारले तदारुकता नदेखाएपछि एमालेले संसद अवरुद्ध पार्दै आएको छ ।
सभामुख देवराज घिमिरेले एमालेसँग सहमति जुटाउन प्रतिनिधिसभा बैठक एक साताको लागि सार्नु भएको हो । संघीय संसद सचिवालयले मंगलबार सूचना टाँसेर प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि राखिएको जनाएको छ ।
