अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

अष्ट्रेलियामा ९१ जना बालिका बलात्कारमा बालगृहका एक कर्मचारी दोषी ठहर

बिआरटीनेपाल २०८० साउन १६ गते ७:१२ मा प्रकाशित

अष्ट्रेलियामा बालगृहका एक कर्मचारी ९१ बालिकाको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको आरोपमा प्रहरीले सन् २०२२ को अगष्टमा पक्राउ गरेको थियो ।४५ वर्षीय ती पुरुषले बिगत १५ वर्षदेखि ९१ बालिकालाई यौन शोषण गरेको र केहीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो । ती पुुरुषले १६ सय बालिकाको अस्लील फिल्म बनाई अनलाइनमार्फत वितरण गरेको पनि खुलासा भएको छ ।

अष्ट्रेलिया र विदेशी बालिकालाई निशाना बनाएको र उनले गरेको अपराधका बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले एक वर्षपछि मात्रै घटना सार्वजनिक भएको हो । उनले १५ वर्षको अवधिमा २ सय ४६ बलात्कार र ६ सय ७३ वटा बालकालिकामाथि यौन शोषण गरेको प्रमाणित भएको छ । पक्राउका क्रममा प्रहरीले उनको साथबाट ४ हजार भन्दा बढी अस्लील भिडियोहरु जफत गरेको थियो । उनलाई आजीवन काराबासको सजाय हुने भएको छ । ती अभियुक्तको पहिचान भने गोप्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू