अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 22:11

जुलाईमा झन्डै ५८ हजार जना पर्यटक भित्रिए, चिनियाँ पर्यटकको सङ्ख्या साढे २ सय प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०८० साउन १६ गते ७:०७ मा प्रकाशित

यस वर्षकाे जुलाई महिनामा नेपालमा झन्डै ५८ हजार जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ५७ हजार सात सय २६ जना पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको जुलाईको भन्दा २९ दशमलव आठ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको जुलाईमा ४४ हजार चार सय ६२ जना पर्यटक आएका थिए ।यो वर्षको जुलाईमा सबैभन्दा धेरै भारतबाट २१ हजार तीन सय ५७ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट २६ सय जनासहित दक्षिण एसियाबाट २५ हजार सात सय १४ जना पर्यटक आएका बोर्डले जनाएको छ ।

यस्तै चीनबाट पाँच हजार छ सय ९३ जना पर्यटक आएका छन् । अघिल्लो वर्षको जुलाईमा जम्मा एक हजार पाँच सय ९३ जना चिनियाँ पर्यटक आएकामा अहिले साढे दुई सय प्रतिशतले बढेर पाँच हजार छ सय ९३ जना पुगेको हो । एसियाबाट १० हजार एक सय ८१ जना पर्यटक आएका छन् । यस्तै युरोपबाट आठ हजार नौ सय ६५ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय १३ जना, अमेरिकाबाट छ हजार दुई सय १४ जना र मध्य पूर्वबाट पाँच हजार ६४ जना पर्यटक आएका पर्यटन बोर्डले जनाएको छ । कोरोना महामारी कम भएपछि नेपाल आउने पर्यटक बढिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू