कपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने बताउनु भयो ।
उहाँले आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको बताउनु भयो । सांसद सापकोटाले चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेको बताउनु भयो । सांसद सापकोटाले चालु आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चित्ना रहेको बताउनु भयो । उहाँले कुनै क्षेत्रमा अर्बौंका योजना र कुनै क्षेत्रमा १० लाखका योजनाले सन्तुलित विकास हुन नसक्ने बताउनु भयो ।