अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५
| Colorodo: 18:50
भारतको मुम्बइमा रेलभित्रै गोली प्रहार गरी रेल सुरक्षाकर्मीले चार जनाको हत्या गरेका छन् । जयपुरबाट मुम्बइ गईरहेको मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा ३ जना यात्रु र १ जना सुरक्षा बलका अधिकृत मारिएका हुन् ।
गोली प्रहार गर्ने रेल वे सुरक्षा बलका जवानलाई मुम्बइ प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।