विषय प्रवेश
निबन्ध अन्य विधाभन्दा वैयक्तिक भावना र अनुुभूतिको अभिव्यक्ति सहजतामा रहन्छ । काव्यका सिद्धान्त, सूत्र र आग्रहभन्दा यो विधा उन्मुक्त छ । सर्जकीय स्वायत्ततालाई यसले सहजै सम्मति दिन्छ । सर्जक निबन्ध मार्फत आफैलाई, आफ्ना दर्शन र दृष्टिकोणलाई, सोच र संस्कृतिलाई र आकाङ्क्षा र आवेगलाई प्रकाशित गरिरहेको हुन्छ । निबन्ध विधाका पहिलो प्रयोक्ता मानिएका फ्रान्सेली साहित्यकार मिसेल डे मोन्तेन भन्छन् ‘मेरा इच्छा के हुन्छ भने म आप्mना निबन्धमा विना आडम्बर सहज र साधारण तरिकाले रूपायित होऊँ । त्यसमा कुनै किसिमको वाकपटुता वा कृत्रिम कलात्मकता सजाउन चाहन्न । मेरा निबन्धको विषय म नै हुुँ’ (मैनाली, अभिव्यञ्जना यात्राप्रति, पृ १९६) । यसैखाले विचार नेपाली साहित्यका महान् निबन्धकार लक्ष्मीप्रसाद देवकोटा र निबन्धमार्फत अमूर्त चिन्तनको प्रकाशन गर्ने शङ्कर लामिछानेको पनि रहेको छ ।
‘शिल्पशैली, संरचना र प्रवृत्तिका आधारमा निबन्ध वर्णनात्मक, संरचनात्मक, भावात्मक र निजात्मक हुनसक्छन् । लेखाइको परिवेश, औचित्य, पाठक वा लेखाइको उपभोक्ता, कलाशिल्प र भावभङ्गीमा निवन्धहरू एकअर्काबाट भिन्न हुन्छन् । नियात्रा, जीवनी, वृत्तान्त, लेख र कथाहीन प्रस्तुति सबैलाई निबन्ध भनेर निबन्धको परिभाषालाई विस्तार गर्ने र अर्थवत्तालाई भने संकुचन गर्ने प्रवृत्ति पनि छ । कतिपय विद्वान्हरू आख्यान निरपेक्ष लेख निबन्ध हो भन्न रुचाउँछन् । यसले पनि निबन्धको अर्थवत्ता र परिभाषालाई सही आँकलन गर्दैन । वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्व हुन् । निबन्धमा भावको सघनता हुनैपर्छ, साथै संवेदना र अनुभूतिको सहजताले रहनैपर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन’ (मैनाली, ऐ पृ १९६–१९७) ।
निबन्धकारका रूपमा रमेश विकल नियात्रा दैनिकी, आत्मसंस्मरण/व्यक्ति संस्मरण, व्यङ्ग्य रचना र अन्य गैरआख्यान आलेखहरूमा प्रकाशित छन् ।
नियात्रा साहित्यको सन्दर्भ र रमेश विकल
प्राचीन समयदेखि नै यात्रा कथन, विवेचना, स्मृतिहरू लेखिएको पाइन्छन् । पूर्वीय साहित्यमा त श्रुति–स्मृतिका रूपमा तिनीहरू जीवन्त देखिन्छन् । यस अर्थमा लिपि, लेखन र प्रकाशनभन्दा पहिला देखिनै यात्रा वर्णनको प्रचलन थियो भन्न सकिन्छ । पश्चिमी साहित्यमा होमरको ‘ओडिसी’ र दाँतेको ‘डिभाइन कमेडी’ यात्रा र यात्री र युुगको वर्णन पाइन्छ । जोहन व्युनानको ‘पिल्ग्रिम्स प्रोग्रेस’ मा आत्मिक यात्राको कलात्मक प्रस्तुति छ । त्यस्तै जोनाथन स्वीफ्टको ‘गुलिभर्स ट्राभल’ यात्राको उत्कृष्ट प्रस्तुति थियो । पश्चिमी साहित्यका उपन्यासहरूमा यात्राले गहकिलो प्रवेश पाएको छ । जस्तो कि मिकोलिन आहारोनियनको ‘द न्यू अमेरिका’, तावेइ सालिनको ‘माइग्रेसन टु द अर्थ’, इटालियो काल्भिनोको ‘इन्भिजिवल सिटी’ आदि । यात्रा साहित्य त थिएन तर सन् १४९२–१५०४ सम्म इटालियन खोजकर्ता क्रिस्ठोफर कालम्वसले गरेको यात्राले अमेरिका मात्र पत्ता लगाएन, जसले विश्वलाई ज्ञान र सम्बन्धको क्षितिज उघारिदियो । त्यस्तै सन् १८३० मा फ्रेन्च समाजशास्त्री अलेक्सी डी टुकेभेलीले अमेरिकाको यात्रा गरेपछि त्यहाँको नागरिक सङ्गठन र नागरिक सक्रियताको बारेमा लेखेको पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ ले प्रजातन्त्रका बारेमा विश्वलाई नै गहन शिक्षा दिन पुुग्यो । यसर्थ यात्राले ज्ञान र शिक्षाको प्रवाह गर्छ, दृश्य मात्र टिप्दैन, दृश्यमाथि दृष्टि दिन्छ र संसारलाई केही भए पनि सन्देश दिन्छ । यात्रा साहित्यले यी कुरालाई कलात्मक कलेवरका साथ नयाँ प्रभाव समेत उत्पादन गर्ने करी काव्यिक व्यापार गर्दछ (मैनाली, ऐ) ।
नेपाली साहित्यमा यात्रा साहित्य कहाँबाट सुरु भयो भन्ने विषयमा मत्यैकता पाइदैन । कतिपय विद्वान्हरूले ‘जङ्गबहादुरको बेलायत यात्रा’ लाई पहिलो नेपाली यात्रा साहित्य मानेका छन् । केही विद्वान्हरू भने गुरुप्रसाद मैनालीलाई पहिलो यात्रा साहित्यकार र उनको ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ लाई पहिलो यात्रा साहित्य मन्नुपर्ने धारणा राख्दछन् । साहित्यकार जय छाङ्छाले ‘आलेख’ साहित्यिक मासिकको अङ्क ४८ (गुरुप्रसाद मैनाली विशेषाङ्क) मा साहित्यिक त्रैमासिक ‘उन्नयन’ को २०५१ को अङ्कमा प्रकाश ए राजको लेखलाई यसरी उद्धरण गरेका छन् ‘…सिद्धहस्त कथाकारका रूपमा नेपाली भाषाको साहित्याकाशमा उदाउनुुभन्दा एक दशकअघि नै यात्रासाहित्यकारका रूपमा मैनाली देखा पर्दछन् । यस पङ्क्तिकारलाई थाहा भएसम्म उनको पहिलो साहित्य यही (नियात्रा ?) हो र यसलाई लेख्न प्रेरणा दिने हेमराज देखिन्छन् ।’ नियात्राकार गुरुप्रसाद मैनालीले वि स १९८१ पौष २८ देखि ऐ फागुन ८ गतेसम्मको यात्रालाई दैनिक्यात्मक नियात्राका रूपमा ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ अन्तर्गगत सिर्जना गरेका छन् (जय छाङ्छा, आलेख मासिक ४८ अङ्क) ।
यात्राको वृत्तान्त मात्र यात्रा साहित्य होइन, त्यसले घटनाको इतिवृत्ति मात्र बताउँछ । यात्रा वर्णनलाई साहित्यमा उकाल्न प्रस्तुतिमा कलात्मकता, दृष्टिचेत, पाठकलाई यात्रादृश्यसमानुुभूतिमा पुु¥याउने सामथ्र्य र अनुुभूतिको कुशल संयोजन चाहिन्छ । यात्रा साहित्यको दर्जा पाएको पहिलो सिर्जना तारानाथ शर्माको ‘मेनाइ साँघुको मेला’ हो जुन २०२३ मा रत्नश्रीमा प्रकाशित भयो । यस आलेखलाई बालकृष्ण पोखरेलले ‘नियात्रा’ नामकरण गरेपछि यात्रा साहित्यको सुरु भएको मानिन्छ । यो लेख ‘बेलाइततिर बरालिँदा’ नियात्रा निबन्धसङ्ग्रहमा समावेश छ । यात्रा साहित्यमा निजीकुरा समेत भएपछि नियात्रा हुन्छ भन्ने धारणा बालकृष्ण पोखरेलको थियो । त्यसपछि प्रकाशित पहिलो (नि) यात्रानिबन्ध ‘बेलाइततिर बरालिँदा’ हो र प्रथम प्रयोक्ता थिए तारानाथ शर्मा । यस अर्थमा तारानाथ शर्माको यो कृति प्रकाशनपछि नियात्रासाहित्यको पहिचान र महत्व विस्तार भएको पाइन्छ ।
नियात्रा निवन्धमा मात्र लेखिदैन, काव्यका अरू रूपमा पनि लेखिन्छ तर धेरै नियात्राहरू निबन्धमा लेखिएका छन् । त्यसैले विकलका नियात्रालाई निबन्ध विधा अन्तर्गत यहाँ उल्लेख गरिएको छ ।
रमेश विकलका कतिपय कथा तथा उपन्यास यात्रामा आधारित घटनाबाट अघि बढ्छन्, जस्तो कि ‘सागर उर्लन्छ सगरमाथा छुन’ हवाईको यात्राको पृष्ठभूमिले जन्माएको कृति हो । विशुद्ध नियात्रा साहित्यका रूपमा प्रकाशित पहिलो कृति भने ‘सात सूर्य एक फन्को’ (२०३४) हो । उनको दोस्रो नियात्रा साहित्य नीलगिरिको छायामा (२०५०) हो । यसरी उनका दुुई नियात्रा निबन्ध नेपाली साहित्यले पाएको छ ।
सात सूूर्य एक फन्को
‘सात सूर्य एक फन्को’ लेखक उनकी श्रीमती र साथीहरूको साथ गोसाइँ कुण्डको यात्राको विवरण हो । जीवनमा सबैले यात्रा गरेका हुन्छन्, तर यात्रा र अनुुभूतिलाई शब्द/भावचित्रमा अभिव्यक्ति गर्ने काम थोरैले गरेको हुन्छन् । अझ यसो भनौं यात्रा र अनुुभूतिलाई कलात्मक अभिव्यक्ति दिने सामथ्र्य कमैमा हुन्छ । विकल सामाजिक घटनाका कुशल चित्रकार मात्र मात्र होइनन्, यात्राबिम्बका कुशाग्र प्रयोक्ता पनि हुन् भन्ने कुरा सात सूर्य एक फन्को ले सिद्ध गरेको छ ।
यो यात्रा ‘साङ्ग्रिला’ (सुखको अद्भूत रहस्य) को खोजी हो । जसका विषयमा संयुक्तराज्य अमेरिकामा नियात्राकारलाई धेरै प्रश्नहरू सोधिएको थियो । जे जसरी साङ्ग्रिलाका विषयमा जवाफ दिए पनि उनी स्वयम् भने त्यसबाट सन्तुुष्ट थिएनन् । त्यसैले आरुबारी–गोसाइँकुण्डको प्राकृतिक मनोरमपूर्ण र साहसिक यात्राले त्यो रहस्यको खोजी गर्छ, तर प्राप्ति भने भैसकेको छैन । यात्राको वर्णनमा तथ्यगत, सामाजिक, दार्शनिक र काल्पनिक पक्ष मिसिएका छन् ।
यात्राको पहिलो बास ६५०८ फिट उचाइको पाटी भञ्ज्याङ्बाट हुन्छ । यस खण्डमा गोकर्ण, सुन्दरीजल, हेलम्बुलगायतका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक स्थलको जानकारीपूर्ण आस्वादन गर्दै यात्रा अगि बढ्छ । दोस्रो बास भञ्ज्याङ् पोखरी (भलेचउर) मा हुन्छ, जुन ११,५२९ फिटको उचाइमा रहेको छ । दोस्रो दिन नेवारी तथा तामाङ् जीवनशैली, ब्राह्मणहरूले गुमाउदै गएको सनातनी आचारण, तार्केघ्याङ्–गोल्पुु यल्मो सभ्यताको प्रसङ्गका थुप्रै कुराहरू पस्किएका छन् । लाग्छ ती दृश्यहरू पाठक स्वयम्ले आस्वाद गरिरहेको छ । तेस्रो बास भेडीगोठ (गोसाइँ कुण्ड) मा हुन्छ, जुन १४००० फिट उचाइमा छ । उचाइ बढ्ने क्रमसँगै जीवनशैली, उत्पादन तथा उपभोग प्रणाली, रूप र आकृतिहरू बदलिएका छन् ।
चौथो बास चन्दनवारी घ्याङ् (रसुवा) मा हुन्छ । यो स्थान १७,९७५ फिटको उचाइमा छ । बौद्ध संस्कृति र परम्पराको आस्वादन, रहस्यको साम्वाला को अनुुभव देखाइएको छ । पाँचौ बास धुन्चे बजार (रसुवाको सदरमुकाम, ६५०० फिटको उचाइ) मा झरेर हुन्छ । उचाइको तलमाथिले मौसम, जलवायु, जीवन प्रणाली पनि परिवर्तन भएको वा जीवनको जटिलता पनि कम हुँदै गएको सङ्केत गर्दछ । तीसको दशकको खम्पा उपद्रवको प्रसङ्ग, गाउँफर्क राष्ट्रिय अभियान लगायतका ऐतिहासिक, सांस्कृतिक तथा शासकीय प्रसङ्गहरू यात्राका दृश्यसाथ मिसिएका छन् । छैठौ बास बेत्रावती किनारमा झर्छ र अन्तमा सातौं बास गोकर्ण आरुबारीमा आएर यात्रा टुङ्गिन्छ । नियात्रा वर्णनमा घटनाबिम्बहरू चलचित्रका मोन्टाजजस्तै सलल्ल पोखिएका छन् ।
यात्राको संक्षिप्त दृश्यबिम्बन पछि नियात्राका संक्षिप्त प्रवृत्ति विश्लेषण गरौं । यात्रा साहित्य विशुद्ध यात्रा वृत्तान्त नभै कौतुहलता सिर्जना गर्ने सामथ्यमा रहनुपर्दछ । सात सूर्य एक फन्कोले पाठकलाई मनग्गे कौतुहलता सिर्जना गर्दछ ।
नियात्राकार सात दिनको नियात्रामा छन् । यात्रामा प्रकृतिको विविध अवयव, जीवनशैली, धर्म, प्रथा–संस्कृतिलाई नियात्राकारले सन्तुुलित र शिल्पपूर्ण रूपमा प्रस्तुत गरेका छन् । यात्राकार प्रत्येक वस्तु, घटना, जीवन्त यात्राको मानिस, रहनसहनलाई सिलसिलेवार अनुुभूति क्रममा बताउँदै, गमन र परिगमन गर्दै जान्छन् । यसले पाठकलाई मिठासपूर्ण अनुुभूतिका साथै समाज, प्रकृति र संस्कृतिको जानकारी दिन्छ ।
साहित्यकार ठाकुर शर्माले उल्लेख गरे झै ‘सात सूूर्य एक फन्को’ यथार्थ र परिकल्पनाको सङ्गम हो । यथार्थ मात्रको प्रस्तुति स्वादिलो र प्रभावपरक हुँदैन । घटनावृत्तिलाई कल्पना र अनुुभूतिले लयस लगाएपछि तिनले छुट्टै प्रभाव छोड्ने गर्दछ । नियात्रामा यस्तै देखिन्छ ।
‘सात सूर्य एक फन्को’ नियात्रा दैनिकी हो । नियात्राका प्रतिदिनका घटनाक्रमहरू दैनिकीका रूपमा टिपिएका छन् । त्यो टिपाइलाई नियात्राकारको अनुुभूतिले पूर्णता दिएको छ ।
रमेश विकलको आख्यान व्यक्तित्वले नियात्रालाई थिचेको छ, जसरी उनका अन्य सिर्जना पनि यो देखिन्छ । परिवेश चित्र, घटना क्रम र पात्रहरू (भौतिक र जैवनिक) को प्रस्तुतिले नियात्रामा कथात्मकता भेटिन्छ ।
प्रायतः यात्रा साहित्यमा प्रस्तुति संरचना आत्मपरक हुन्छ । घटना, दृश्य र परिवेशहरूले लेखकीय मानसिक प्रक्रिया पाएर प्रशोधित भएका छन्, त्यसैले अभिव्यक्तिमा निजात्मक शैली छ ।
नियात्रामा रहस्य र कौतुहल छ । साङ्ग्रिलाको रहस्यात्मक कौतुहलता, यात्रा मार्गका जीवन प्रणाली बुुभ्mने कौतुहलता, प्रकृतिको गति र दृश्यावलोकनको कौतुहलता नियात्राभरि छ । यी सबै कुराहरूले नियात्रालाई अन्वेषणात्मक कलेवर दिएको छ । कल्पआनन्द वा साङ्ग्रिलाको रहस्यात्मक खोज र साम्वला प्राप्त गर्ने अभियानमा यात्राले सातदिने फन्को मारेको छ ।
साङ्ग्रिला काल्पनिक सुन्दरताको चित्र हो, नभेटिएको रहस्य चित्र हो । नेपालका उच्च पहाडहरू, हिमशृङ्खलाहरूमा रहेको अदम्य भावचित्र र कल्पसौन्दर्यको आकृति हो । नियात्राकारले यसै रहस्यको खोजीयात्रा गरेका छन् । उनका अनुुभूतिमा सांग्रिला टिपिए पनि अक्षरमा अझै अभिव्यक्त हुन सकेका छैनन् ।
नियात्राकार साङ्ग्रिलाको रहस्यको खोजीमा हिडेका छन्, तीर्थाटनमा हिडेका छन् तर त्यो भन्दा बढी प्रकृति, प्रकृतिका चराचरले वर्चस्व पाइहेको छ । प्रकृतिको वर्णननै यति फराकिलो र कलात्मक रूपमा गरिएको छ कि ‘सात सूर्य एक फन्को’ प्राकृतिक मनोरमताको क्यान्भास चित्र बनेको छ । जस्तो कि हिमशिखरको वर्णन गर्ने क्रममा उनले भनेको प्रसङ्ग उल्लेख गरौं–‘हिमखण्डित शिखरहरूको रत्न किरिटमय झाँकी देखिन्छ । पारिपट्टि उच्च शिखर मुक्तागिरिशृङ्खला र त्यसबाट स्वरगङ्गा हजारौं फिटमाथिबाट धवल फेनिल झर्ना तलका गहवरहरू यी सब प्रकृतिका अद्भूत रचना नै हुन् ।’
नियात्रा वर्णनमा नियात्राकार निकै भावुक, प्रकृतिमय, काल्पनिक, दार्शनिक र संवदेनयुक्त देखिएका छन् । प्रयोग भएका शब्दले प्रकृतिलाई उही दृश्यभावमा नल्याउला कि भन्ने चिन्ता रचनाकर्मममा देखिएको छ ।
यसर्थ सात सूूर्य एक फन्को जोहन व्युनानको पिल्ग्रिस प्रोग्रेस जस्तै धर्म, जीवन, आध्यात्म, आचरण, भौतिकता र प्रकृतिको सरोवरी छ । यात्रामा अनुुभव मात्र छैन, यात्राकारको दृष्टिकोण र चाहचेत पनि छन् । यसो भन्दैमा विचारको भारी पनि यो बनेको छैन । घटनावृत्ति यति संयोजित र शिल्पसाथ प्रस्तुत भएका छन् कि दृश्यसाहज्यिक भाव प्रस्तुति पनि छ । यात्रा नगर्नेहरू पनि नियात्राको माध्ययमबाट समदृश्यानुुभूतिमा आरुबारीदेखि गोसाइँ कुण्ड पुुगेर फर्कन्छन् र छुट्टै भावको आस्वादन गर्दछन् ।
नीलगिरिको छायाँमा
नियात्राकारले ‘नीलगिरिको छायामा’ लाई यात्रावृत्तको नाम दिएका छन् । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको विद्वत् वृत्ति अन्तर्गत २०४० मा तयार पारिएको यस कृतिको प्रकाशन भने दश वर्षपछि (२०५० सालमा) मात्र भएको थियो । तत्कालीन व्यवस्था र व्यवस्था सञ्चालकहरूलाई पाच्य नहुने बीस पच्चिस बुँदा परिवर्तन गर्ने आग्रहलाई नियात्राकारको विवेकले सम्मति नदिएपछि कृति प्रकाशित हुन करिव दश वर्ष कुर्न प¥यो, उतिखेरको व्यवस्थालाई जनताले खारेज गरेर लोकतन्त्र पुुनर्वहाली गरेपछि मात्र यो यात्रावृत्त प्रकाशित भएको थियो । एउटा सर्जकलाई प्रज्ञा प्रतिष्ठान जस्तो सर्जकलाई उत्प्रेरणा गर्ने प्राज्ञिक संस्थाले गरेको नीति व्यवहारले नीलगिरिको छायामा दश वर्ष गर्भमा रहेको दुःखद अनुुभूति नियात्राकार रमेश विकलमा रहेको ऐतिहासिक तथ्य अब कहिल्यै मेटिन सक्दैन । तैपनि कृतिले जन्म पायो, कृतिकारको धैर्य निराशामा परिणत भएन, यो नै ठूलो कुुरा हो ।
‘नीलगिरिको छायामा’ नियात्राकारको नीलगिरि क्षेत्रको भ्रमण योजनादेखि प्रक्रियासम्मका यात्राशृङ्खलाको सिलसिलेवार बुनाइ हो । मान्छे भौतारिन्छ सपनामा ….बाट सुरु भएको यात्रावृत्त जाँउ न हरर पोखरा बसैमा १ माछापुछ«े हाँस्छ, आफ्नो भव्यता लिएर, यहाँ त छैन ऊ त्याँ पाइन्छ बास १, के भूपि शेरचनको घर त्यही हो ?, नीलगिरिको काखै काख, जोमसोमको एक रात, काम्लो लैजा, गलैचा लैजा १, हर हर गङ्गे र प्रतियात्रामा पुुगेपछि टुुङ्गिन्छ ।
मान्छे भौतारिन्छ सपनामा… मा मान्छेको भ्रमणप्रिय स्वभावले नै संसार बनेको, सभ्यता सिर्जिएको कुराको सङ्केत गर्दछ । मान्छेको भ्रमणप्रियताले बुनेका सपना र त्यसले सिर्जना गरेको सभ्यता र सस्कृतिले नै समाज यहाँसम्म आइपुुगेको हो । भ्रमणप्रियताले मनोरञ्जन मात्र होइन, ज्ञान र उत्कण्ठाको भोक जगाउँछ । नियात्राले सिर्जना गरेको सपनाले मानिसले अमेरिका पत्ता लगायो, चन्द्रमा पत्ता लगायो, नजाने कति योजन पर यो उत्कण्ठा फैलिइरहन्छ । मानिस स्वभावैले नयाँ कुरा सिक्न र नयाँ ठाउमा जान चाहन्छ । यो सपना मात्र होइन, न घुम्नुे हुटहुटी मात्र हो, यसले ज्ञान, सिर्जना र अनुुभवको भोक जगाउँछ । पहिलो नियात्रा सङ्ग्रह ‘सात सूूर्य एक फन्को’ को साङ्ग्रिला याने कि रहस्यको खुसी ‘युटोपिया ह्याप्पिनेस’ को भोक नियात्राकारमा अझै जागेको छ । पुराण बुुझ्ने, पुराण र प्रकृतिको नाता खोज्ने, पाखा–पखेराको जीवन बुुझ्ने र मनमनै रमिने उत्कट अभिलाषा छ नीलगिरि–मुक्तिनाथको यात्राको पोयाहरू खोल्दैछन् यस खण्डमा । मानौं यो यात्राको ‘प्रोल्यूड’ हो । प्रोल्यूड जति राम्रो भयो यात्रा (त्यसपछिका कर्म) त्यत्तिकै राम्रो हुन्छ । त्यति मात्र होइन, यस खण्डमा नियात्राकारका वैयक्तिक भावना, विचार, दर्शन र भ्रमण गर्नुका आशयहरू पनि सन्दर्भविन्दुुका रूपमा रहेका छन्, जसले यस पछिको यात्रा वा वा पूरै नियात्रालाई सङ्केत गरिरहेको छ ।
जाउँ न हरर पोखरा बसैमा १ नियात्राकारको समूह झण्डै आधा बाटो पोखरासम्म बसमा हुुइँकिएको छ । पोखरा जान आधुनिक सुविधा याने कि हवाइजहाज पनि उपलब्ध छ, तर बाटोका दृश्यानुुभूति यात्राको अनुुभव लिने लोभ पनि देखिएको छ । यात्राकारका मन–नयनभरि काठमाडौंदेखि पोखरासम्मका दृश्य–कल्पनाहरू टाँगिदै छोडिदै गएका छन् । जुन जो कुनै यात्रीलाई स्वाभाविक रूपमा हुन्छ । थानकोट, महेश खोला, त्रिशूली, मलेखु, मुग्लिङ्, दमौलीका दृश्य र त्यसले बोकेको जीवनशैली, बसमा रहेका खचाखच यात्री, बस बिसौनीका किनवेच, खानाखानका लागि गरिएका जवर्दस्त विज्ञापन, सबैले नेपाली जीवन र दैनिकीलाई बताइरहेका छन् । यो यात्रा गर्ने सबैले यी दृश्य देखेको छ, अनुुभव गरेको छ तर नियात्राकार यसलाई मार्मिक र शाश्वत ढङ्गले प्रस्तुत गरिरहेका छन् ।
वास्तवमा यात्रा जीवनको लघुरूप (मिनिएचर) हो । पोखरासम्मको यात्राले यही बताइ रहेको छ । तर नियात्राका बस्ती, गाउँ, नदी, खहरे–खोल्सा, त्यसको नामकारण, त्यहाँको सामाजिकता, किंवदन्ती, कथा–दन्त्यकथा, र इतिहास सापेक्ष अनगिन्ती कुराहरूमा नियात्राकार घोत्लिएका छन्, रमेका छन् । अरूको मनमा के थियो कुिुन्न, उनमा भने उत्सुकता र कौतुहल थियो, केही जान्ने बुुझ्ने र अरूलाई बुुझाउने भोक जागेको थियो । त्यही हुटहुटीले नै यात्रा सुरु भएको छ ।
‘माछापुच्छ्रे हाँस्छ आफनो भव्यता लिएर’ नियात्रा निबन्धको तेस्रो खण्ड हो । यस खण्डमा प्रकृति र स्थानीय जीवनको चित्रण र आफ्नै यात्रा सहयात्रीहरूको, विशेषतः महिलाहरूको चरित्र चित्रण गरिएको छ । अन्नपूर्ण पदयात्रा र यसका आसपासका क्षेत्रमा असल मानिस मात्र छैनन्, कोही कपडा, गहना चोर्ने मानिसहरू पनि छन् । एउटा केटाले चोरीका कारण होटेल्नीको लट्ठी पनि खाएको छ । जब होटेल्नी महिलाले त्यस केटासँग सावधान रहन आग्रह गरिन्, त्यपछि नियात्राकार महिलाको गहना प्रेम र मनोविज्ञान बताउँन पुुग्छन् । यहाँ नियात्राकारको महिलाप्रति, विशेषतः आफ्नी श्रीमतीप्रतिको दृष्टिकोण पनि देखिएको छ । उनी भन्छन् ‘मैले त्यसैले तँलाई सुनको माला लगाएर नआ भने को …तँ बाटामा के हुन्छ, के हुन्न, बाटा भेटिन्छ कस्ता ।…तँलाई सुनको गहना लगाएर आएकोले कसैले यो त ठूलो मान्छे रहेछ भनेर ढोग्न आयो कि ? सुनैले ठूलो मान्छे हुने भए बार्हमासे–जुवाडेकी स्वास्नी सबभन्दा ठूली आइमाई हुनुुपर्ने’ । यसप्रकारको गालीमा पनि उनकी श्रीमतीको कुनै प्रतिक्रिया छैन, सिवाय सहन र शालीनता । यात्रामा उनकी श्रीमतीलाई यसले विजाएको हुँदो हो, तर पितृसत्तात्मक समाजले कुनै प्रतिक्रिया दिने साहस र सम्मति दिदैन । यसले तत्कालीन समाजको नारीमनोविज्ञान (संयम र शालीनता) र पुरुष मनोविज्ञान (हैकम र अहमता) को चित्र उतारेको छ । साथै पर्यटन मार्गमा हुने चोरी–पकेटमारी प्रवृत्तिको पनि ‘सिल्लड केटो’ मार्फत चित्रण गरिएको छ । बगर, ह्याङ्जा, हिले, लुम्ले, घोडापानी, गुराँस बन, नाङ्गेठाँटी, उल्लेरी भञ्ज्याङ्को यात्रा चित्रणले समाज, संस्कृति, सभ्यता र स्वभावहरू वताइएका छन् । नियात्राकार भने यो परिवेश र प्रकृतिमा निकै स्वादिएका छन् ।
चौथो खण्ड ‘यहाँ त छैन उ त्यहाँ पाइन्छ बास ! ’ मा घोडापानीबाट सुरु भएर यात्राको अर्का शृङ्खला अघि बढ्छ । शिखाबासको फोहोर, सानो चिया पसल, पसल्नीको नमीठो व्यवहार र चिया चमेना साथ यात्रा अरू अगि बढ्छ । त्यहाको सानो र रुग्ण स्वास्थ्यचौकीले धानेको स्वास्थ्यसेवको चित्रले त्यहाको कष्टकर स्वास्थ्य प्रणालीलाई अभिव्यक्त गर्दछ । साथै राष्ट्रिय राजनीतमा हुन थालेको परिवर्तन र प्रवृत्तिको छाया पनि त्यहाँ देखिन्छ । नेपाल बन्द र भित्तेपर्चा/भित्तेलेखनले काठमाडौंले मुस्ताङ–म्याग्दीलाई पनि छुन थालको सङ्केत गरिरहेको थियो । तातोपानी बजारले भने यात्रीहरूलाई अर्को अनुभूति दिन्छ । आधुनिक घर, रेष्टुराँ, बार, मिनुहरू, खना खाने टेवलहरू पर्यटनमार्गको छुट्टै पहिचान दिन्छ । दिनढल्केपछि बास बस्ने इरादामा नियात्राकार अधवैंसे मानिसलाई वासको आग्रह गर्दछन् तर ऊ निकै टर्रो स्वभावमा ऊ पारी दानामा पसलहरू छन्, त्यही पाउला बास भनेर पन्छिन्छ । दाना बजार मुस्ताङको सदरमुकाम जोमसोम सर्नु अघिको जिल्ला सदरमुकाम । दानामा बास बस्ने क्रममा त्यहाँका हेडसरले देखाएको व्यवहारले शिक्षित नेपाली सर्वसाधारण नेपालीहरूभन्दा वेगल व्यवहार गर्छन्, सर्वसाधारण मात्र नम्र छन् तर शिक्षितहरूमा नम्रता छैन भन्ने भान नियात्राकारलाई पर्छ । विद्याले विनय दिन्छ, शिक्षाले सभ्यता ल्याउछ भन्ने उनमा रहेको भावना नपाँउदा उनी दिक्दार पनि छन् ।
पाँचौ आवृत्ति ‘के भूपि शेरचनको घर त्यही हो !’ ले पनि सोचवृत्ति र गाउँको वास्तविकताबीचको भिन्नताको चित्रण गर्छ । बिहानै झिसमिसेमा यात्रा अघि बढ्छ । रूपसे छहरा, घाँसा, गगनचुम्बी हिमाच्छदित चुचुराको लहर, अन्नपूर्ण हिमशृङ्खलाको भाग नीलगिरिको मनमोहक दृश्य, बाटामा पर्ने अजङ्का ढुङ्गाका भड्खरा, गण्डकीको अकण्टक झङ्कार, कालापनी (सात सय थाक बस्तीमध्येको एक बस्ती) कोवाङ्, खच्चड घोडाको जुलुस, आदिको प्राकृतिक रसास्वादनमा यात्रीहरू रमाएका छन् । कालीगण्डकी शालीग्रामको लोभमा ढुङ्गा बटुलेको दृश्य छुट्टै मनमोहक छ । मानिसहरू धर्ममा कति आशक्त छन् भन्ने देखाएको छ ।
साँझ पर्न लाग्दा यात्रीहरू थकालीहरूको बस्ती भएको टुकुचेको आधुनिक बस्तीमा पुुग्छ । यो साहित्यकार भूपि शेरचनको गाउँ हो । भूपिको सम्बन्ध सानिध्यताका कारणले पनि विकल भित्रैदेखि रमाएका छन् । भूपि नभएको भूपि निवास, लजमा परिणत भएको शेरचन निवास, न स्वागत न सानिध्यता । जनताका कविता लेख्ने भूपि र जनताको कथा लेख्ने विकलको भावनाका तरङ्गहरू विकलका मनभरि फिजिएका छन् तर विकल त्यति मुग्धित भएनन् ।
छैठौ आवृत्त ‘नीलगिरिको काखै काख’ हो । यो नै नियात्राको शीर्ष चरण पनि हो । धौलागिरि र नीलगिरिको खोंच मार्फाको सभ्यता, आयनका फजुङ र ढोम्बे देवताको कथा, मार्फा कृषि फार्म, बाटोको दाहिनेतिर विपरीत दिशातर्फ निरन्तर बगिरहेको गण्डकीको दृश्यस्वादकासाथ यात्रा अगिबढेको छ । नजिकै देखिएको नीलगिरिको भव्य गरिमाको मुक्तकण्ठले प्रशंसा पाउँछ । छस्याङ् गुफा, चराङ् गुफा, ढुम्बा गुफा, घम्पू गुफा, सिद्ध गुफामा मानव इतिहास खोज्ने लालसा पनि नियात्राकारमा छ । तर जोमसोमलाई भने आधुनिक जडाउरी सभ्यता गाज्न थालेको छ । त्यसैले नियात्राकार जोमसोममा भन्दा झुम्सा (जोमसोमको पूरानो नाम) को मायामा छन् ।
सातौ खण्डमा ‘जोमसोममा एक रात’ बिताउँदाका अनुुभूति समेटिएका छन् । पर्यटकहरूको बढ्दो गतिविधिले जोमसोम आधुनिक बन्दैछ । पर्यटकीय संस्कतिमा फैलिदै छ । बस्तीको रूप झुम्साबाट जोमसोम बनेको छ तर स्थानीय संस्कृति छाडिसकेको छैन । आधुनिकता र मौलिकताको संयोजन भनौ कि दुुई प्रवृत्तिबीच सङ्घर्ष सायद नियात्राकार अनुुभूति गरिरहेका छन् । मामाचेला र फुपूचेलामा विवाह गर्ने, एकअर्कामा हकै लाग्ने संस्कृतिले बाल्यकालदेखि नै आफ्नो विवाह कोसँग हुन्छ भन्ने जानकारी संस्कारले जैवनिक घनिष्टता, वैवाहिक जीवन विघटन नहुने सूत्रको मज्जैले वर्णन पाएको छ । नीलगिरिको काखैमा पर्ने ठिनीराज्य (जोमसोम) को ऐतिहासिकता इतिवृत्त, आधुनिक व्यापारिक संस्कृति र समृद्धि र संस्कृतिको विश्लेषण यस चरणको अको विशेषता हो । धेरैलाई थाह नभएको ‘मूलथाम’ (ल्हाघ्याव) प्रथाको वर्णन छ । यस्ता परम्पराहरू विस्तारै अस्तित्वबाट स्मृतिमा र त्यसपछि विस्मृतिमा पर्दै गएका छन् ।
आठौं चरण ‘काम्लो लैजा, गलैचा लैजा’ मा मुस्ताङे व्यापारिक संस्कृतिको वर्णनबाट सुरु हुन्छ तर प्राकृतिक मनमोहकताको विश्लेषण गर्दछ । यात्रीहरू जोमसोमबाट कागवेनी पुुग्छन् । कागवेनी मुक्तिनाथ दामोदर कुण्डबाट आएको गण्डकी र उत्तरतिरबाट आएको कागखोलाको सङ्गम हो । प्राचीन युुगमा सप्तऋषिहरू यही वेनीमा स्नान गरी तपस्या गर्थे,जसलाई मुक्तिक्षेत्र कहलाइन्छ । यस खण्डमा पौराणिक र प्राचीन प्रसङ्गहरूले महत्व पाएको छ । पौराणिक पाण्ड प्रथाको अवशेषका रूपमा साझा पत्नीत्व प्रथा अहिले पनि छ । साझा पत्नीबाट जन्मिएको जेठो सन्तान जेठाको हुने, माहिलो माहिलाकै हुने, माइली छोरी झुमा (लमिनी) र माहिलो छोरो लामा बन्नुपर्ने, विवाह नभै जन्मेका बच्चा माइतीले घरजग्गा दिएर राख्नुपर्ने, तन्त्रमन्त्रमा विश्वास गर्ने संस्कृतिको उजागर यस चरणमा गरिएको छ ।
नर्वौ आवृत्त ‘हर हर गङ्गे’ हो । यस आवृत्तिमा मुक्तिनाथको महिमा, वैदिक किंवदन्ती (मुक्तिनाथ क्षेत्र शिव र विष्णुको मिलनस्थल), बौद्ध र हिन्दू धर्मको सम्बन्धका प्रसङ्गबाट पाठकहरू लाभान्वित हुन्छन् । ‘प्रति यात्रा’ दशौ (अन्तिम) आवृत्ति हो । यसचरणमा यात्रीहरू यात्रा सकेर काठमाडौं फर्कदै छन् । फर्कदा हवाइजहाजबाट पोखरा आउने तारतम्य हावाहुरीका कारणले पैदलमा परिणत भएको छ । त्यसपछि जोमसोम, घाँसा, गलेश्वर, बेनी बजार, बाग्लुङ, ग्याँदी, कार्किनेटा, नाउँ डाँडा, पोखरा, पृथ्वीराजमार्ग हुँदै काठमाडौं फर्कन्छ । यात्रामा धेरै दृश्यहरू देखिए, भेटिए तर नीलगिरिले भने यात्रालाई अमिट छप दिएको छ ।
‘सात सूर्य एक फन्को’ जस्तै ‘नीलगिरिको छायामा’ मा पनि नियात्राका प्रवृत्ति र प्रकृति दोहोरिएका छन् । भाषा, संस्कृति, रहन सहन, प्रकृति, धर्म, रीतिथिति सबैको यसमा पनि छ ।
सात सूूर्य एक फन्को साङ्ग्रिलाको रहस्यको खोजी थियो, यहाँ त्यस प्रकारको रहस्यको खोजी छैन तर दृश्यिक मनोरमता, प्रकृतिको आस्वाद र भावातिरेककता अनि पौराणिक–ऐतिहासिक तथ्यको खोजविश्लेषण यसको मौलिक विशेषता हुन् ।
सात सूूर्य एक फन्को सातदिनको यात्रा आवृत्ति हो । नीलगिरिको छायामा पन्ध्र दिनको कथा र दश आवृत्ति छ । प्रकृति र धर्म संस्कृतिको शृङ्खलामा यसमा लामा छन् । मुस्ताङ संस्कृति र सभ्यताका धेरै पाटाहरू उघारिएका छन् ।
नियात्राले पाठकलाई इतिहास, प्रकृति, स्थानीयता, धर्म–संस्कृति, पुराण परम्परा, बदलिदै गएको जीवनशैलीको शाश्वत चित्र नियात्राले दिएको छ । त्यसैले यो घटनाको वृत्तान्त मात्र होइन, इतिहास र साहित्यको सम्मिश्रण हो ।
यात्रा वृत्तान्तमा नियात्राकारले आफ्ना अनुुभूति र दृष्टिकोणहरू सरोवारी पस्केका छन् । यसको अध्ययनबाट हामीहरू विकलको दृष्टिकोण, चिन्तनवृत्ति, प्रवृत्ति, चाख, व्यक्तित्व र रुचिको समेत जानकारी पाउँछौ । साथै यात्राको वर्णन यति जीवन्त छ कि नियात्रा पढ्दा जोकुनै आफै यात्रा गरिरकहेको सहज अनुुभूति गर्छ । यात्रा साहित्यको सफलता यसैमा देखिन्छ ।
(रमेश विकल: समालोचनात्मक अन्वेषण)