अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

नाइजरमा भएको सैनिक विद्रोहको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वारा निन्दा

बिआरटीनेपाल २०८० साउन १३ गते ५:४८ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले नाइजरमा बुधवार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई नि:सर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य देशको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उहाँको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रेको सामाजिक आर्थिक अवस्थाप्रति बैठकले चिन्ता व्यक्त गरेको छ । बैठकले संवैधानिक व्यवस्थाको पुनर्स्थापनामा जोड दिँदै अफ्रिकी देशको आर्थिक समुदाय, अफ्रिकी सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा गरिएका प्रयासप्रति समर्थन जनाएको छ ।

नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । राष्ट्रपति मोहम्मद बाजुमलाई बुधवार बिहानैदेखि सेनाले पक्राउ गरेको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू