पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको रकम खाएको बताउनुभएको छ । नेकपा बनाएपछि दाहालले एमालेको पैसामा रजाइँ गरेको ओलीको भनाई छ । ‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन्’ शुक्रबार जनसंगठन संमन्वय संयत्रको बैठकमा उहाँले भन्नुभयो– एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए। एमालेको रकममा रजाइँ गरे , सबै गरे ।’
एमाले अध्यक्ष ओलीले माओवादीसँगको एकतामा आफूहरु विश्वस्त रहे पनि माओवादीले त्यसलाई आत्मसात नगरेको धारणा व्यक्त गर्नुभयो । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ उहााँले भन्नुभयो – ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’ पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीको भनाई छ ।
