अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

”प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने राम्रो संस्कार होइन”- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० साउन १२ गते ७:१६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको उहाँले बताउनुभयो ।

इटालीबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको पत्रकार भेटघाटमा भन्नुभयो, ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन।’

उहाँले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने संस्कार बसेको पनि बताउनुभयो । ‘यस्तो कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन। म यत्ति भन्न चाहन्छु,’ प्रधानमन्त्रीले भन्नुभयो । विमानस्थलमा सुन भेटिएको प्रकरणमा सांसदहरूले संसदमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय