अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 10:48

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०८० साउन १२ गते ६:३३ मा प्रकाशित

चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन । १५ सदस्यीय टोलीमा विनोद भण्डारी, अभिनाश बोहरा र विवेक यादवले लामो समयपछि पूनरागमन गरेका हुन् ।

नेपाली टोलीमा ओडिआईका नियमित सदस्य रहेका तीन जनालाई भने विश्राम दिइएको छ । विश्राम पाउने तीन खेलाडीमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की रहेका छन् । नेपाली टिमका अन्य सदस्यमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, प्रतिश जि.सी, सोमपाल कामी र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया