अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

राजीनामा दिन्नँ: कोशी प्रदेश सभामुख

बिआरटीनेपाल २०८० साउन ११ गते ७:१० मा प्रकाशित

आफ्नोसमेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको पदमुक्तिपछि सभामुख बाबुराम गौतमले आफूले राजीनामा नदिने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलाले कोर्स करेक्सन गर्नुका साथै आगामी दिनका लागि मार्गप्रसस्त गरेको गौतमले बताउनुभयो । ‘सर्वोच्चको फैसलाले सभामुख सरकार गठनमा सहभागी हुन नहुने नजिर स्थापना गरेको छ,’ उहाँले भन्नुभयो ।

सभामुख गौतमले आफूले राजीनामा दिने कुरा हल्लामात्र रहेको पनि बताउनुभयो। ‘राजीनाम दिने कुरै आएको छैन,’ गौतमको भनाई छ । सर्वोच्च अदालतले संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि साउन १७ गतेसम्म म्याद दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय