अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री साइगुबीच भेटवार्ता

बिआरटीनेपाल २०८० साउन ११ गते ६:४९ मा प्रकाशित

उत्तर कोरियाको भ्रमणमा रहनु भएका रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नुभएको छ । उत्तरकोरियाको राजधानी प्योङयाङमा भएको भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप मजबुद बनाउने विषयमा केन्द्रीत रहेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा, क्षेत्रीय सुरक्षालगायतका आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँगको सम्बन्ध बिग्रिएको रुस र पश्चिमाहरुसँग परम्परागत रुमा दुश्मनी राख्दै आएको उत्तर कोरियाबीचको यो वार्तालाई अर्थपुर्ण भनिएको छ । वार्तापछि उत्तर कोरियाली नेता किमले रुसी रक्षामन्त्रीलाई क्षेप्यास्त्रहरुको भण्डारण देखाउनु भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू