अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५
| Colorodo: 04:50
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै मन्त्रालयको भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिनुभएको हो ।
मंगलबार लेखिएको पत्रमा भनिएको छ,”नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।”
