अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५
| Colorodo: 02:30
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) नेता युआन च्या च्युनबीच शिष्टाचार भेट भएको छ। मंगलबार बिहान डेढ घन्टा चलेको छलफलमा चीन–नेपाल, चिनियाँ नागरिक र नेपाली नागरिक, दुई सरकारबीच सम्बन्ध कसरी प्रगाढ बनाउने भन्ने विषयमा कुराकानी भएको अध्यक्ष ओलीको प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिनुभयो।
दुई दिनअघि नेपाल भ्रमणका लागि आएका आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहितको प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गर्नुभएको थियो ।मंगलबार युआन च्या च्युनसहितको प्रतिनिधि मण्डलले एकीकृत समाजवादीका नेताहरूलाई पनि भेट्ने कार्यतालिका रहेको छ।
