अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

बिआरटीनेपाल २०८० साउन ९ गते ६:२४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताउनुभएको हो । उहाँले जता हेर्‍याे त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताउनु भयो । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताउनु भयो । उहाँले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताउनु भयो ।नेता कोइरालाले कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय