अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

अदालतका १४३ सहसचिव तथा उपसचिवको काज सरुवा

बिआरटीनेपाल २०८० साउन ८ गते ७:५९ मा प्रकाशित

विभिन्न अदालतमा काम गरिरहेका १४३ जना सहसचिव र उपसचिवहरूको सरुवा गरिएको छ । सर्वोच्च अदालतको साउन ७ गतेको निर्णयानुसार सहसचिव र उपसचिवहरूको काज सरुवा गरिएको हो ।काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीलाई सर्वोच्च अदालतमा इजलास अधिकृतको रूपमा काज सरुवा गरिएको छ ।सर्वोच्च अदालतका सहसचिव रामप्यारी सुनुवारलाई उच्च अदालत जनकपुरको वीरगंज इजलासमा रजिष्ट्रारको रूपमा सरुवा गरिएको छ ।

उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासका सहरजिष्ट्रार सूर्यवंश शर्मा कडेललाई सर्वोच्च अदालत तानिएको छ । सर्वोच्च अदालतका सहरजिष्ट्रार विश्वजंग सिजापतीलाई उच्च अदालत जनकपुर को राजविराज इजलासमा रजिष्ट्रारको रूपमा काज सरुवा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय