अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनुभएको हो ।उहाँले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पार्नलाई सम्बोधन गरिएको बताउनुभयो । उहाँले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताउनुभयो । उहाँले वीत्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताउनुभयो ।
अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत अर्थमन्त्रीले गर्नुभयो । उहाँले सकरार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताउनुभयो ।अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गर्नुभयो । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउनुभयो । उहाँले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
पार्टी केन्द्रीय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय भइ लाइभ चलिरहेको भन्दै अहिले राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो ।
