अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

ग्रीसका विभिन्न जंगलमा आगलागी हुँदा करोडौंको क्षति

बिआरटीनेपाल २०८० साउन ५ गते ६:३३ मा प्रकाशित

युरोपका विभिन्न राष्ट्र गर्मीको चपेटामा परेकै बेला ग्रीसका अधिकांश जंगलमा आगलागी भएको छ । आगलागीका कारण ३५ हेक्टर जंगल जलेर नष्ट भएका छन् । आगलागी बस्तीसम्म प्रवेश गर्न सक्ने सम्भावना बढेकाले जंगल वरिपरिका बस्ती खाली गराइएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ग्रीसको अग्नि विभागका अनुसार देशका ६२ वटा जंगलमा आगलागी भएकोमा कतिपय ठाउँमा आगो नियन्त्रण भन्दा बाहिर गएको छ । गत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

त्यहाँको तापक्रम हाल ४९ डिग्री सेल्सियससम्म पुगेकाले दैनिक जीवन प्रभावित बनेको हो । ग्रीसको रोड्स आइल्याण्डमा गर्मीकै कारण आपतकाल लागु गरिएको छ । ग्रीस बाहेक स्वीडेन, फिनल्याण्ड, अमेरिका र बेलायतमा पनि तापक्रम उच्च विन्दुमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू