अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 00:36

नयाँ आर्थिक वर्षमा नेप्से उच्च अकंले वृद्धि

बिआरटीनेपाल २०८० साउन १ गते ७:१३ मा प्रकाशित

नयाँ आर्थिक वर्ष शुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अकंले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नेप्से परिसूचक ४७.०७ अकंले उकालो उकालो लागेर २  हजार १ सय ४४ दशमलब १६ मा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ९५ अकंले उकालो लागेर चार सय चार दशमलव १० पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयर रु दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ मा कारोबार भएको छ ।

जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ८६ लाख १९ हजार चार सय ५५ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू