अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 00:36

नेपाल एअरलाइन्सले ८३ कराेड रुपैयाँ किस्ता तिर्‍याे

बिआरटीनेपाल २०८० साउन १ गते ७:१० मा प्रकाशित

नेपाल एअरलाइन्सले न्यारोबडी र वाइडबडी जहाजको ऋणको किस्ता तिरेको छ । दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापत हिजो आइतवार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड नौ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

यसअघि निगमले गएको असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निमगले व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको दाबी गरेको छ । नियमित तथा आकस्मिकरूपमा हुने जहाज मर्मत खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ । यस्तै विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरिएको पनि दाबी गरेको छ ।

बढ्दो आर्थिक दायित्वका बीच दुर्गम क्षेत्रमा उडान गर्ने तीन वटा जहाज खरिदको प्रक्रिया अघि बढिरहेको पनि निगमले जनाएको छ । निगमले लगानी कोष र सञ्चय कोषबाट नौ प्रतिशत ब्याजदरमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई वटा वाइडबडी विमान खरिद गरेको थियो भने झन्डै ८४ करोड रुपैयाँमा न्यारोबडी खरिद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू