अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 00:37

आजदेखि हवाई भाडा बढ्यो

बिआरटीनेपाल २०८० साउन १ गते ७:०६ मा प्रकाशित

आजदेखि हवाई भाडा बढेको छ ।  हवाई भाडा सोमबारदेखि लागू हुने गरी ६ प्रतिशत वृद्धि भएको हो ।  सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा साउन १ गतेदेखि हवाई भाडा वृद्धि गरिएको जानकारी गराएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले सेवा शुल्क वापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू