अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 02:46

मलेसियन कम्पनी ‘म्याक्स मनी’ लाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध

बिआरटीनेपाल २०८० असार २८ गते ६:३१ मा प्रकाशित

राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकाेमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न इजाजत दिइएको थियो । तर फेरि सर्तहरूको बेवास्ता गरी काम गर्न थालेकाले फेरि प्रतिबन्ध गरिएको हुनाले कुनै पनि कम्पनी, सङ्घ–संस्थालगायतले यससँग कारोबार नगर्न र नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू