अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 02:35

शेयर बजारमा २८ अंकको सुधार

बिआरटीनेपाल २०८० असार २४ गते ६:५० मा प्रकाशित

साताको सुरुको दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २८ अंकले उकालो लागेर २ हजार ७७ कायम भयो । सबै समूहमा हरियाली छाउँदा ३ अर्बमाथिको कारोबार भयो । नजिकिंदो मौद्रिक नीति, बजारमा तरतामा सुधारलगायतका कारणले बजार सकारात्मक रहेको विश्लेषण गरिएको छ । होटल समूहमा सबैभन्दा उच्च साढें ४ प्रतिशतमाथिको बृद्धि आउँदा व्यापार समूह पनि ४ प्रतिशतले उकालो लाग्यो ।

अन्य समूह करिब ३ प्रतिशतले उकालो लाग्दा वित्त, बीमा, लगानी समूह पनि २ प्रतिशत हाराहारी प्रतिशतले उक्लिए । वाणिज्य बैंक समूहमा पनि डेढ प्रतिशतको सुधार आयो । आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८७ कम्पनीको साढें ८३ लाख कित्ता शेयर ३ अर्ब ४ करोडमा किनबेच भएको छ । आज पनि रावा इनर्जी र सीटी होटलका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू