अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५
| Colorodo: 11:30
चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु बर्षाले भत्किएका हुन् । बर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका छन् । सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् ।
वर्षा प्रभावित लाखौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ । चीन सरकारले भारी बर्षासँगै बाढीपहिरो आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अपील जारी गरेको छ । भारी वर्षाले सवारी साधनहरु बीचमै अड्किंदा यातायात सेवामा पनि असर परेको छ । चीन सरकारले सिछुआन प्रान्तका २६ वटा क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्र भन्दै चेतावनी जारी गरेको छ ।