अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 02:27

शेयर बजार घटबढ भएन, तीन अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० असार २१ गते ६:१४ मा प्रकाशित

शेयर बजार आज बिहीवार खासै घटबढ नभई दुई हजार ४९ विन्दुमै रहेको छ । दिनभर घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा शून्य दशमलव शून्य छ अङ्कले घटेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढेको छ । सिटी होटल, रेवा इनर्जी र अपर तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोदी इनर्जी लिमिटेडको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८० वटा कम्पनीका ९७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । समग्रमा आज तीन अर्ब सात करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू