अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

भारतको महाराष्ट्रमा एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० असार १९ गते ७:०९ मा प्रकाशित

भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् । मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत धुले जिल्लाको पालस गाउँमा ‘ब्रेक फेल’ भएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ट्रक दुई वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएकाे र प्रहरीले दुर्घटनाकाे जाँच शुरु गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू