अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

इजरायलीकाे आक्रमणबाट जेनिन शहरमा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार १९ गते ६:४९ मा प्रकाशित

पश्चिम किनाराको प्यालेस्टाइनको जेनिन शहरमा इजरायलको आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी साेमबार बिहानदेखि इजरायली सेनाले हवाई तथा स्थल आक्रमण शुरु गरेको हो ।

आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । जेनिन शरणार्थी शिविर आतंकवादीहरुको अखडा भएको आरोप इजरायलको छ । जेनिन शरणार्थी शिविरमा संचार सेवा ठप्प हुँदा क्षतिको यकिन बिवरण प्राप्त हुन सकेको छैन ।

इजराइली सेना र लडाकु समुहको संघर्षमा पिल्सिएका ५ सय प्यालेष्टीनी परिवारलाई शिविर छोड्न इजरायली सेनाले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू