अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

अमेरिकाको फिलाडेल्फियामा गोली प्रहार हुँदा चार जनाको मृत्य

बिआरटीनेपाल २०८० असार १९ गते ६:४७ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । फिलाडेल्फियाको किङसेसिङमा सोमबार साँझ एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको हो ।घटनामा आठ जनालाई गोली लागेकोमा दुई जना बालबालिकालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

बुलेटप्रूफ ज्याकेट लगाएका व्यक्तिले राइफल र हाते बन्दुकबाट अन्धाधुन्द गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका आक्रमणकारीको परिचय खुलाइएको छैन । सन् २०२३ मा मात्रै अहिलेसम्म कम्तिमा ३ सय ३९ वटा गोली प्रहारका घटना भएको गन आर्काइभले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू