अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११
| Colorodo: 16:26
अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको छ ।घटनामा २८ जना घाइते भएका छन् । बाल्टिमोरको सडकमा आयोजना गरिएको सामुदायिक समुहको सडक महोत्सवमा अन्धाधुन्ध गोली प्रहार गरी आक्रमणकारी फरार भएका छन् । गोली लागि घाइते भएका मध्ये ९ को अवस्था गम्भीर रहेको बताइएको छ ।
गोली प्रहार गर्ने अभियुक्तको ब्यापक खोजी जारी छ ।यसैबीच बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याईछाड्ने प्रण गरेका छन् । उनले अभियुक्तले कुनै पनि हालतमा उन्मुत्ति नपाउने भन्दै छिट्टै कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । अमेरिकामा बन्दुक राख्न पाउने प्रावधानका कारण बारम्बार यस्ता गोलीकाण्डका घटना घट्ने गरेका छन् ।