अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

चीनमा केमिकल कारखानामा विष्फोट

बिआरटीनेपाल २०८० असार १७ गते ६:४४ मा प्रकाशित

चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ ।चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो ।

विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । तर, चीनको प्रसिद्ध सामाजिक सञ्जाल वेईपोमा भने विष्फोटपछिको दृष्य निकै भाइरल भएको छ । कारखानाभित्र प्रज्वलनशिल पदार्थमा आगो लाग्दा घटना भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीपछि कारखाना आसपासका बस्तीबाट मानिसहरुलाई अन्यत्र सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू