अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार १६ गते ७:१९ मा प्रकाशित

भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो ।

ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएको र मृतकको पहिचान भने खुलीसकेको समाचारमा उल्लेख छ । घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच/पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू