अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

रथ हाइटेन्सन तारमा ठोक्किँदा भारतको त्रिपुरामा दुई बालबालिकासहित ७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार १४ गते ५:३५ मा प्रकाशित

भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा बुधबार साँझ इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन् । रथयात्रामा १८ जना जलेका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । घाइतेशरुको अवस्था गम्भीर रहेको बताइएको हो ।

७ जनाको मृत्यु पुष्टि भए पनि त्यहाँ मृत्यु हुनेको संख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार उल्ता रथयात्रा पर्वका क्रममा कुमारघाटमा उक्त घटना भएको हो ।फलामको रथलाई भक्तहरूले तानिरहेको बेला १३३ केभी ओभरहेड केबलसँग रथ ठोक्किएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू