फ्रान्समा एक किशोरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेकाे आरोपमा गोली हानी हत्या गरेपछि स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी प्यारिसको पश्चिमी क्षेत्र नान्तेरेमा एक १७ वर्षिय किशोरले ट्राफिक प्रहरीको निर्देशन नमानेको आरोपमा उनीमाथि गोली हानेका हन् ।
सडक नियम उल्लंघन गरेको आरोप लागेका किशोरलाई प्रहरीले नजिकैबाट गोली हानेको र उनको कार केही मिटर पर पुगेर दूर्घटना भएको दृष्य सामाजिक सञ्जालमा फैलिएको छ । आपत्कालिन सेवाले गोली लागेका किशोरलाई बचाउने प्रयत्न गर्दा गर्दै उनको निधन भएको थियो ।
यी सवै दृष्य सामाजि सञ्जालमा आएपछि सडकमा उत्रिएका स्थानीयहरुले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच थुप्रै झडप भएको छ । प्रहरीले एक दर्जनलाई गिरफ्तार गरेको छ भने त्यहाँका गृहमन्त्री जेराल्ड दर्मानिनले गोली हान्ने प्रहरीहरुलाई सोधपुछ गरिने बताएका छन् ।