अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

‘ड्रागन बोट फेस्टिबल’ मा चीनमा तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे

बिआरटीनेपाल २०८० असार ११ गते ६:१७ मा प्रकाशित

चीनमा तीन दिने ड्रागन बोट फेस्टिबल बिदामा १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गएकाे वर्षको यही अवधिको तुलनामा ३२ दशमलव ३ प्रतिशतले बढी रहेको त्यहाँकाे संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीवारदेखि शनिवारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (झन्डै ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजस्व वृद्धि वार्षिकरूपमा ४४ दशमलव ५ प्रतिशतले बढेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू