अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

क्यानडाको टोरन्टोमा मेयरको चुनावमा कुकुर पनि उम्मेदवार

बिआरटीनेपाल २०८० असार ११ गते ५:५६ मा प्रकाशित

क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।  मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् ।

जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् ।  मोलीको तर्फबाट मालिक टप्सीले चुनाव जितेमा सस्तो आवाज, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरू तताउनका लागि प्रयोग गरिने जिवाश्मा इन्धन प्रणालीमा प्रतिबन्धलगायतका प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू