प्रदेश नम्बर एकको नामकरण कोसी सङ्ग-सङ्गै, यो प्रदेशको माहौल तातिएको छ, पहिचानबादिहरु आफ्नो अस्तित्वमा हमला भएको,आफ्नो
सस्कृती माथी अपहेलना भएको अनि आफ्नो अधिकारमाथि जबर्जस्ती कुठाराघात भएको भन्दै आन्दोलित भएका छन् ।यही आन्दोलनको क्रममा एक पहिचानवादी व्यक्तिले सहादत प्राप्त गरिसकेका छन् भने कैयौँ घाइते भएका छन् ।त्यस्तै गरी आदोलनकारिको तर्फबाट पनि प्रदेश राज्यका राजनैतिक प्रतिनिधिहरू बिरुद्द कैयौँ आक्रमणको प्रयास भएको देखिन्छ । राज्यले यो र त्यो को आधारमा अन्दोलन कारिहरुलाइ बेवास्ता गरिनुहुन्नथ्यो र गरिनुहुँदैन किनकि पहिचानको लडाइ सारै दर्दनाक अनि खतरनाक हुन सक्छ तसर्थ यसलाई सही तवरले सही समयमा सम्बोधन गर्नु हामी सम्पूर्ण प्रदेश बासी अनि देशवासीको निम्ति फलदायी हुनेछ । त्यस्तै गरी पहिचानका पक्षधर टोलीले पनि आन्दोलनको उद्देश्य पूर्तिका लागी पहिचान बादी हरू भित्रै मात्र एक नामको सङ्कल्पमा पुगेर विभिन्न नाममा नअल्झेर प्रदेश र देशलाइ सहज र सरल हुने वातावरण निर्माण गर्नु एक चरम उत्तरदायित्व निर्वाह गर्नु पर्दछ । दुवै पक्षले बराबरी लिने दिने गरी सही ठाउँमा समाजदारी होस ।
कोसी प्रदेश अहिले संवेदनशील घडीमा आइपुगेको छ किनकि यहाँका मूलवासीहरू प्रदेशको नाममा असन्तुष्ट भए सङ्ग-सङ्गै आक्रामक स्थितिमा नै पुगिसकेको छ ।प्रदेश सरकारले पनि वास्तवमै भन्ने हो भन्ने सभासदहरुलाइ नाम रोज्नको निम्ति अवसर दिएकै थिए , जसले प्रदेशभरिबाट प्रतिनिधित्व गरेर नै आएका हुन तर ती प्रतिनिधिहरूले जनताको आवाज नसुनेर मात्रै पार्टीका नेताहरूको मात्रै बोली सुनेको हुकुम सुनेको पहिचान बादिहरुको स्पष्ट दाबी छ । अनि उनीहरूले विभिन्न सभासदहरुलाइ आफ्नो प्रतिनिधित्व गरेको छेत्रमा जान नै बहिस्कार गरिसकेका छन् ।यी विभिन्न दबाबपछि अवश्य नै केही पार्टीहरूले सरकारबाट आफ्नो समर्थन फिर्ता सङ्ग-सङ्गै सरकार बाट बाहिरी सकेका छन् भने नेपाली काङ्रेशका केही जिल्लाका पार्टी सभापतिहरूले कोसी नामको विकल्पमा सोच्नका लागी सरकारको ध्यानाकर्षण गर्न विज्ञप्ति निकालिसकेका छन् ।तर किन सबै पार्टीहरू यो आन्दोलनको सुनुवाइमा ढिला भइरहेका छन् यो गम्भीर अनि सोचनीय विषय रहेको छ ।जे होस अब सबैको ध्यान खिचिएको छ यो पहिचानको आन्दोलनमा अब यो आन्दोलन यहाँ भन्दा पर पुग्नु अगावै सबै पक्षबाट सम्बोधन होस प्रदेशमा बस्ने सबैलाई केही न केही तवरबाट नामले सम्बोधन गरोस्, यो छ मेरो कामना ।
अब चर्चा गरौँ छोटकरीमा किरातको; नेपालको इतिहासलाई सरसर्ती हेर्दा नेपालमा विधिगत तवरले शासन सुरु भएको किरात कालबाट नै हो, जुन यलम्बर ले ८०० बि .सी. सुरु गरेका थिए , नेपालमाथि विजय गरे पस्चात ।यलम्बर बहुत शक्तिशाली अनि बहादुर थिए रे भन्ने खोज अनुसन्धान बाट थाह हुन्छ ।उनी महाभारतको लडाइमा प्रत्यक्षदर्शिका रूपमा गएका थिए रे ।आजसम्म पनि काठमान्डुका नेवारहरूले उनको टाउको लाई काल भैरव को रूपमा एक भगवानको रूपमा पुजेको कुराले थप पुस्टी गर्दछ, उनमा साच्चिकै दैविक सक्ती थियो वा उनी भगवान् कै रूप हुन ।उनको समयमा नेपाल त्रिशूली नदीबाट टिस्टा नदीसम्म थियो ।किरातिहरु सबै जात जाती भाषा भाषीहरूप्रति किरात कालबाट नै सचेत थिए अनि सबैलाई समान रूपमा हेर्दथे भन्ने कुरा किरात कालमा काठमान्डुमा गौतम बुद्ध आएको र बौद्ध धर्मको प्रचार प्रसार गरेको कुरा अनि मौर्यका सम्राट् अशोक आएर उनले पनि आफ्नो धर्मको प्रचार गरेका थिए । यसको मतलब किरातहरू सबैसँग सौहार्द अनि सहनशील थिए परापूर्व कालबाट नै । तर समयको चक्र सङ्गै राजा गस्तीको पालामा लिच्छविहरूबाट हार बेहोरे पछि किरातहरू बनेपा धुलिखेल हुँदै पूर्वका अहिलेको कोसी प्रदेश ४५० सी. ई. तिर गएका हुन । उनीहरूले आफ्नो नयाँ राज्यको निर्माण सङ-सङ्गै नयाँ नाम राखेका हुन्, वल्लो किरात; सुनुवारको राज्य, माझ किरात; खम्बुको राज्य,अनि पल्लो किरात लिम्बुको राज्य , यसरी राज्य निर्माण निर्माण भयो किरातको पूर्वमा, यसरी एक हारेर गएको राज्य तिन राज्य बन्यो पूर्वमा तर कसरी ? यो अर्को अध्ययनको विषय हो ।
समय अघि बढिरहेकै थियो । किरात राज्यहरू स-साना राज्य हरूमै सीमित थिए तत्कालीन भारत मा मुसलमान राजाहरूसँग आफ्नो राज्य हार खाएपछि खसहरू पूर्वका माझ किरात , वल्लो किरात अनि पल्लो किरातमा सरण लिन आए जुन विशाल रिदयका किरातहरूले सहर्ष स्वीकार गरे । समय क्रमा सङ्गै गोर्खाको पृथ्वी नारायण शाहको उदय भयो , जो बहादुर , चतुर अनि दुर्दर्शी थिए , उनले आधुनिक नेपाल को निर्माण विभिन्न स-साना राज्यहरूलाई जित्दै गरेको इतिहास छ ।उनले विभिन्न राज्य जितिरहेको बेला यता खोटाङका पोखरेलहरूलाई किरात राज्यको मुनी आफू बस्न मन परिरहेको थिएन उनैले गएर पृथ्वी नारायण साहको फौजीलाई माझ किरातमा बोलाएर षडयन्त्र मूलक तवरले माझ किरात लाई हराएको इतिहास जानकारहरू बताउँछन् । यता पल्लो किरात का राजाहरूले मकवानपुरका सेनलाई मानार्थ राजाका रूपमा मानिरहेका थिए रे ।जबा उनीहरूले युद्ध हारे पृथ्वी नारायणसँग पल्लो किरात ले किपट को नाममा बिना युद्ध नै पृथ्वी नारायणको फौजसङ सम्झौता गरे, वल्लो किरात सानो भएकोले पृथ्वी नारायणको फौजलाई सजिलो भयो माझ किरात पस्चात विजय गर्न ।जब जुन जुन राज्य जिते पृथिबी नारायण शाहले उनले त्यो ठाउँमा आफ्नो आधिपत्य देखाउन अधिकार जमाउन त्याहाको मौलिकता माथि मौलिकता स्थापित गर्ने नाममा राज्यको नाम परिवर्तन गरे फलस्वरुप्; पल्लो किरात लिम्बुवान , बन्यो, माझ किरात खम्बुवान बन्यो .त्यस्तै अन्य ठाउँमा तमुवान्, थारुवान आदिको नामकरण भयो ।किनकि पृथ्बिनारयण साहको उदय हुनु अघि यस्तो कुनै नाम थिएन ।यो वान लिम्बु, राई, सुनुवार, गुरुङ, मगर, थारु कसैको भाषाको शब्द नभएर संस्कृत भाषाको शब्द हो ।
मैले किन संक्षिप्त रूपमा किरात इतिहासलाई राखेको हो भने अहिले अब प्रदेशको पुन; नामाङ्कन गर्दा चाही सक्दो प्रदेशमा बस्ने प्रदेश बासिलाई समेट्न सकोस् भनेर हो । नत्र जसरी पहिले खोटाङका पोखरेलले आफूलाई सरण दिने कै विरुद्धमा आफ्नो पहिचान झल्काउन को निम्ति गोर्खाली राजा सङ्ग मिली माझ किरात सङै वल्लो पल्लो किरात ध्वस्त बनायो त्यो नहोला भन्न सकिन्न ।अनि जसरी आज कोसी नामको विरुद्धमा आन्दोलन चर्किरहेको छ आफ्नो इतिहासको निम्ति, पहिचानको निम्ति त्यो भोली फेरी नहोला भन्न सकिन्न ।हुन त किरात प्रदेश राख्यो भने किरातको पुराना इतिहासहरूलाई पुनर्जागरण गरेर प्रदेश नम्बर एक लाई ऐतिहासिक थाक थलो बनाएर विकासको मूल फुटाउन सकिन्छ भन्ने दाबी छ कति पहिचान बादिहरुको । हो वास्तवमै भन्न लायक बोल्न लायक धेरै गडीका इतिहासहरू बेखबर छन् ,यो प्रदेशमा । हुन त अहिले नै पनि सम्भव छ , तर राज्यले नै बोलिदिए सुनमा सुगन्ध अवश्य नै हो ।भन्छन् किरात एक भूगोल मात्र हैन, यो सभ्यता पनि हो, यो एक सभ्यता मात्र हैन एक नेपालको पौराणिक इतिहास पनि हो, यो इतिहास मात्र हैन , यो वर्तमान अनि भविष्य पनि होभन्छनI किरात भित्रका हाँगा हरू हुन राई, लिम्बु, सुनुवार, धिमाल, थारु, कोचे मेचे , नेवार, आदी ।लिम्बु, राई अनि सुनुवारले त आफ्नो जातीय संस्थाको अगाडी नै किरात शब्द जोडेको छ जस्तै; किरात याख्थुम चुम्लुङ आदी ।भन्छन् किरात सभ्यता भित्र खसहरूको मौलिकता पनि झल्किन्छ अनि सुरक्षित छ I क्षेत्री, बाहुन सबै किरात सभ्यताको एक अंश नै हो रे माझ किरात, वल्लो किरात अनि पल्लो किरात, यसलाई मान्ने हो भने कोसी हटाएर किरात राख्दा सबैलाई अटाउने नै हो, अनि सबैलाई शान्ति मिल्ने नै हो ।तसर्थ यो अर्थमा किरात प्रदेश उत्तम प्रदेश हुन सक्छ ।
हामीले बुझ्नु पर्ने कुरा सिक्कामा सधैँ दुई पाटा हुन्छ । एक पाटालाई मात्रै हरेर त्यसको मूल्याङ्कन गर्नु भयानक हुन सक्छ । तसर्थ दुई वटै पाटालाई हेर्नु पर्ने हुन्छ त्यो सिक्काको सही मूल्य थाहा पाउनलाई । तसर्थ अर्को पङ्तिको कुरालाई हेर्ने हो भने कोसीले गर्दा नै कोशिको पानी भएकै कारण सभ्यताको सुरुवात भयो रे!कोसी नामले खस जातिलाई; क्षत्री बाहुनलाई प्रतिनिधित्व गर्छ रे! वास्तवमा भन्ने हो भने हाम्रो मुख्य उद्देश्य इतिहासलाई साक्षी राखेर इतिहासलाई बोकेर बर्तमानमा टेकेर भविष्यको सुनिश्चितता कायम राख्ने हुनु पर्छ । आजको कदम भोलिको निम्ति विवादरहित हुनु पर्छ । तसर्थ सम्पूर्ण प्रदेशवासी जात जाती जुटेर सबैलाई समेट्न सक्ने किरात-कोशी नाम राख्दा पनि उपयुक्त नै देखिन्छ । जे होस जे नाम राख्दा पनि भोली विवाद नआउने हुनु पर्छ ।
अन्त्यमा सबैभन्दा ठुलो मानवता हो, सबै भन्दा असली कर्म समझदारी अनि बलिदानी नै हो । यो यस्तो महत्त्वपूर्ण घडीमा आफ्नो लागी हैन , अरूको निम्ति बलिदानी दिओउ । सबैलाई दिलमा अटाउन सक्ने दिलको निर्माण गरौँ । यहाँ सभ्यता पनि बचोस्, इतिहास पनि बचोस्, वर्तमान पनि बचोस् अनि भविष्य पनि बचोस् । यहाँ यो प्रदेशमा सबै बचोस् अनि सबै फलोस् फुलोस् त्यस्तो नामको पुन; नामाङ्कन होस । शुभकामना ।