अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३
| Colorodo: 23:48
चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा गएराती भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बारबेक्यू रेष्टुरेन्टका मालिक पनि रहेका छन् । स्थानीय समय अनुसार बुधबार राति बारबेक्यू रेष्टुरेन्टमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो । ग्यास ट्यांक विष्फोट भएको घटनामा सात जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको छ । चीनमा तीन दिने ड्रयागन बोट फेस्टिभल विदाको पूर्वसन्ध्यामा विस्फोट भएको हो ।
स्थानीय सञ्चारमाध्यमहरुले मृतकमध्ये धेरै हाइस्कुलका विद्यार्थी र सेवानिवृत्त कर्मचारी रहेको जनाएका छन् । चीनका राष्ट्रपति सी जिनपिङले उद्धार र विस्फोटको छानविनका लागि सबै प्रयास गर्न निर्देशन दिनुभएको छ ।