अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको ज्यान गयो : ७ जना घाइते

बिआरटीनेपाल २०८० असार ७ गते ५:१४ मा प्रकाशित

चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ । शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिनुभएको छ ।  चीनमा ग्यास र केमिकल विस्फोटका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू