अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

होण्डुरसको महिला कारागारमा झडप हुदाँ ४१ कैदी बन्दीको मृत्यु

बिआरटीनेपाल २०८० असार ६ गते ६:१० मा प्रकाशित

मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ ।होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच भएको झडपपछि कारागारमा आगजनी गरिएको थियो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अधिकांशको जलेर तथा केहीको गोली लागेर मृत्यु भएको छ । सो कारागारमा कम्तीमा पनि ९ सय महिला कैदी बन्दी रहेका थिए । झडपकोबीच कारागारको आधिकांश भाग जलेर नष्ट भएको छ ।

यो घटना लगत्तै होन्डुरसका उप सुरक्षामन्त्री जुलिसा विलानुएभाले देशमा आपतकाल घोषणा गर्नुभएको छ । उहाँले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाईने जानकारी दिनुभएको छ । राष्ट्रपति जिओमार क्यास्ट्रोले घटनाको उचित छानबीन गर्ने बताउनुभएको छ । होन्डुरस अत्यधिक भ्रष्टाचार र सशस्त्र गिरोहबाट हिंसाग्रस्त मुलुकका रुपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू