अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 03:09

बालसाहित्यकार रमेश विकल

गोपी मैनाली २०८० असार ५ गते १२:४८ मा प्रकाशित

बालसाहित्यको सामान्य अवधारणा
बालसाहित्य सामान्य साहित्यभन्दा फरक र विशिष्ट विधा हो । सामान्य अर्थमा लिंदा बालबालिकालाई लक्ष्य गरेर सिर्जना गरिएका पाठ्य तथा दृश्य सामग्री नै बालसाहित्य हो । बालसाहित्यको प्राथमिक पाठक, दर्शक र स्रोताहरु बालबालिका हुन्छन् । डिक्सनरी अफ एजुकेशनले बालसाहित्यलाई तीन पक्षमा रहेर अथ्र्याएको छ । (१) बालबालिकाका लागि लेखिएको उच्च गुणनस्तरको पाठ्य सामग्री, (२) बालबालिकाले मन पराएर पढ्ने सामाग्री र (३) बालबालिकाको उपयोगका लागि मुद्रित सामग्री ।

बालसाहित्यको प्रयोग दुुई अर्थमा गरिन्छ, पहिलो बालबालिकाले लेखेको (सिर्जना गरेको) साहित्य र दोस्रो बालबालिकाकालागि लेखिएको/सिर्जित साहित्य । यहाँ दोस्रो अर्थको बालसाहित्यलाई उल्लेख गरिन्छ । एलिस इन वण्डरल्याण्ड, एडभेन्चर अफ हक्कलबेरीफेन, चार्ली एण्ड चकलेट फेक्टरी, विन्नी त पुह बालबालिकाका लागि लेखिएका पुुस्तक हुन् । केही दशक अघिसम्म कमिक तथा चित्रकथाहरु बालबालिकाका साहित्यिक खुराक बन्थे, चलचित्रको विकास पछि सुपरम्यान, स्पाइडरम्यान, मुमिन, टम एण्ड जेरी, मोटु पातलुु, माइ नेवर टोटोरो, टोए स्टोरी जस्ता एनिमेशन चित्रहरुमा बालबालिका रमाउन थालेका छन् । यस्ता एनिमेशनहरु विज्ञान/कल्पनामा आधारित बनाइ मनोरञ्जनका साथ ज्ञानको भोक जगाउने काम गर्न सकिन्छ ।

बालसाहित्यले बालबालिकालाई मनोरञ्जन दिने, जान्नबुुझ्न उत्सुकता सिर्जना गर्ने र चरित्र निर्माण गर्ने ध्येय राख्दछ  । कथा, कविता, गीत, नाटक÷रुपक, चित्रकथा, चित्रकला, उपन्यास, निबन्ध–प्रवन्ध सबै बालसाहित्यका रुप हुन् तर ती बालमुखी हुनुुपर्छ । बालसाहित्य मूलतः बालबालिकालाई आनन्दका साथ शिक्षा दिन सिर्जित सामग्री जो पढ्न, बुुझ्न सरल हुन्छन् । यसमा प्रायगरी दन्त्यकथा, लोककथा, परिकथा, गाउखाने कथा, लोकगीत, लोकभाका, नीतिकथा, मञ्चन–अभिनय, परिहास्यलाई सम्पे्रष्य, चित्रसाम्य, लयात्मक र उत्सुकतामूलक रुपमा प्रस्तुत गरिएको हुन्छ ।

इन्साइक्लेपेडिया आफ अमेरिकाले बालबालिकाको उमेर अनुकूल बोध क्षमता, उपयुक्त स्तर तथा विशिष्ट रुचिका आधारमा प्रकाशित रङ्गीन र आकर्षक बालोपयोगी रचना नै बालसाहित्य हो भन्ने विस्तृत परिभाषा दिएको छ । बालसाहित्यकार कृष्णप्रसाद पराजुलीले बालकले सजिलोसंग बुुझ्न सक्ने र उनीहरुलाई हौस्याउँदै उनीहरुको चरित्र र्निाणमा सघाउ पुर्‍याउन सक्ने सिर्जना बालसाहित्य भनेका छन् । बालसाहित्यका क्षेत्रमा खोज अनुसन्धानमा संलग्न साहित्यकार प्रमोद प्रधानका अनुसार बालबलिकालाई मनोरञ्जन दिने, रचनात्मक एव्म सिर्जनात्मक हुन प्रेरणा दिने, ज्ञान–विज्ञानका विविध विषय सम्बन्धमा जानकारी दिने विषयबस्तुलाई उनीहरुको उमेर अनुसारको सरल, सरस भाषमा रोचक तवरले लेखी रङ्गीन चित्रहरु समेत समावेश गरी कलात्मक तरिकाले प्रकाशन गरिएको कृति नै बलसाहित्य हो । समालोचक राजेन्द्र सुवेदीका अनुसार बालकले आत्मसात गर्नसक्ने विषय, भाव, शिल्प, प्रस्तुतीका आधारमा रचित साहित्य बालसाहित्य हो । बालसाहित्यका विषवस्तु जे जस्ता भएपनि त्यो बालमनोविज्ञान  सुहाउँदो, रोचक, ज्ञानप्रद र कौतुहलपूर्ण हुुनुपर्छ । यसर्थ बालसाहित्यमा यी विशेषता हुन्छन्:

– बालसाहित्य बालबालिकालाई ज्ञानको भोक जगाउने, शिक्षाप्रद विषयबस्तु समावेश गरेर लेखिन्छ
– बालसाहित्य बालबालिकालाई नयाँ दृष्टिबोध गराउने खालको हुन्छ,
– बालसाहित्य बालबालिकालाई सिकाइमा विस्तारै तयार गर्ने वा सिलसिलावद्ध विकास गराउने खालको हुन्छ,
– बालसाहित्य परिकल्पनात्मक विषयबस्तु समावेश गरिएको हुन्छ,
– बालसाहित्यको विषय, भाषा, कथानक, पात्र, प्रस्तुती बालमैत्री हुन्छ,
– बालसाहित्यमा कलात्मक तथा सौन्दर्यपरक अभिव्यक्ति दिइएको हुन्छ,
– बाल साहित्यले बालबालिकालाई सिर्जनात्मक तनाव दिन्छ,
– बालबालिकाको चरित्र निर्माणमा सहयोग पुुयाउन र असल नागरिक निर्माण गर्ने आशयसाथ बालसािहत्य सिर्जना गरिन्छ ।
संयुक्तराज्य अमेरिकाको प्रकाशकहरुले बालसाहित्यलाई चार उमेर समूहको आधारमा सामग्री उत्पादन गर्नुपर्छ भनी वर्गीकरण गरेको छ । प्रिरिडर्स वा भर्खर सिक्न तयार हुने क्रमका बालबालिका (पाँच बर्षसम्मका), पढ््न लेख्न शुरुगरेका बालबालिका वा अर्लि रिडर्स (पाँचदेखि सात बर्ष उमेर समूहका), सामान्य पढ्ने चाख विकास भएका बालबालिकाहरु वा च्याप्टर बुक्स (७–११ बर्ष समूहका) र किशोर पाठकहरु वा यङ्ग एडल्टर्स । तर यो वर्गीकरण सर्वमान्य होइन, वर्गीकरणलाई विभिन्न आधार र परिवेशजन्य विषयले पनि प्रभाव पार्न सक्छ । जस्तो कि साना बालबालिकाका लागि छापिने विषयमा चित्रहरु हुन्छन्, श्रव्यदृश्यमा कार्टुन÷एनिमेशनहरु हुन्छन् भने उमेर बढ्ने क्रमसंगै चित्रकथामा कम ध्यान दिन्छन् । बालसाहित्यका मानव नायक वा पात्रको उमेरभन्दा पाठक÷दर्शक÷स्रोताको उमेर कम हुनुपर्छ भनिन्छ । तर यो मानकमा पनि सर्वस्वीकार्यता छैन ।

बालसाहित्यको आदि रुप श्रुति हो, जो सानो उमेरमा आफ्ना हजुरआमा, आमालगायत अभिभावकबाट बालबालिकाले सुन्दै आएका थिए । यस्ता श्रुतिहरुमा लोककथा, दन्त्यकथा, किम्वदन्ती र नीतिकथाहरुको बाहुल्यता हन्थ्यो । पुस्तान्तरका क्रममा यस्ता श्रुतिहरु परिमार्जित हुँदै आउँथे । अभिभावकहरु आफ्ना बाबा–नानीहरुको चाखअनुरुप कथाहरु आफै परिमार्जन, सुधार एवम् परिस्कार गर्थे । समाज विकास क्रममा यसलाई लेख्यरुप दिन थालियो । आधुनिक समयमा बालकका लागि भनेर नै सामग्री उत्पादन गरिन्छ ।

बालसाहित्यले लेख्य रुप सत्रौ शताव्दीबाट भएको भन्न सकिन्छ । कोमेन्सको सन् १६५९ को ‘चित्रमा देखिएको विश्व’ ले बालबालिकालाई विश्व बुुझ्ने चित्रात्मक भाषा प्रस्तुत गरेको थियो । त्यसपछि डेनियल डेफोको रविन्सन क्रुसो (१७१९), जोनाथन स्वीफ्टको गुलिभर्स ट्राभल्स (१७२६), मार्क ट्वीनको हक्कलेबरीफिन सम्म आइपुुग्दा बालसाहित्यले विकसित रुप पाइसकेको देखिन्छ । विसौं शताव्दीमा जेरी सेगलको सुपरमेन (चित्रकथा, कमिक) र पछि यसमा सुपरमेनको भूमिका अभिनय गर्ने क्रिस्टोफर रिभ, सुपर गर्लको भूमिका अभिनय गर्ने टाइलर होइचिलिन, अन्य भूमिकामा रहेका हेनरी केभिलटम वेलिङहरुले चित्रकथा मार्फत बालसाहित्यमा तहल्का मच्चाए । एक्काइसांै शताव्दीमा विकास भएको प्रविधिले लेख्यसामग्रीबाट विस्तारै श्रव्यदृश्य÷एनिमेशनतर्फ बालसाहित्य आक्रामक रुपमा अघि बढाएको छ । पुस्तक र चित्रकथाबाट अहिलेको बालपुस्ता डिजिटल ग्याडजेगटमा पुुगेको छ । अर्को अर्थमा अहिलेका बालबालिकाहरु (मिलेनिएल्स) भाग्यमानी पुस्तामा अवतरित भएको छ । प्रविधिले बाबालिकालाई धेरै कुराहरु दिएको छ ।

उन्नाइसौं शताव्दीसम्म बालसाहित्य सामग्री बालकका लागि भनेर सर्जकले तोकिदिएका थिए, विसौं शताव्दीबाट बालबालिकाको रुचि, चाहना, सिकाइ तत्परता र मनोविज्ञानजस्ता विषयमा अध्ययन अनुसन्धान गरेर सामग्री उत्पादन गर्ने र यसलाई व्यावसायिक रुप दिने काम भएको देखिन्छ । आजभोलि पात्र, परिवेश, साजसज्जा, भाषा र प्रस्तुती विधानहरु बालमुखी बनाइदै लगिएको छ, जसले बालबालिकालाई थप जिज्ञासु, कल्पनाशील, स्वप्नशील र दृष्टिवोधी बनाइ सामाजिक आदर्श अनुरुपको चरित्र निर्माणमा योगदान पु¥याउन सक्छ । बालमनोविज्ञान बुुझेर उनीहरुका लागि साहित्य सिर्जना गर्ने काम निकै जटिल हो, त्यसमा नैतिक आचरणको आग्रह मिसाउँदा सावधानी पुु¥याउनु झन जटिल हो । प्रौढ बौद्धिकताले लादेका विषयबस्तु बालसाहित्य हुन सक्दैनन् । बालमनोविज्ञान (परिवेश र अवस्था अनुसार भिन्न हुनसक्छ), रुचि, विषय, उपयोगितालाई सन्तुलन ल्याउन सके मात्र बालसाहित्यले बालकलाई वक्ता, सर्जक, कर्ताको सामाजिक भूमिकामा उतार्न सक्छ । अर्को शव्दमा बालबालिकाको सर्वाङ्गिण विकास गर्नसक्छ । आविस्कारमुखी समाजमा आविस्कार र नवप्रवर्तनको महत्व बढ्दै गएको छ । त्यसैले प्राथमिक बालविकास अवधि (पाँच बर्षभन्दा मुनिको समय) देखि नै स्टेम एजुकेशन (विज्ञान, प्रविधि र गणित) को जग बसाउने काम पनि हुन थालेको छ, जसले मनोरञ्जनका साथ ज्ञान निर्माणको आधार सिर्जना गर्दछ । त्यसैले बालसाहित्यको विषय सामान्य होइन, विशिष्ट र निरन्तर खोज परिस्कारमा रहने बिधा हो ।

नेपाली बालसाहित्य
जयपृथ्वीबहादुर सिंहको अक्षराङ्क शिक्षा र बालबोध (१९५८) लाई नेपाली बालसाहित्यको पहिलो पाठ्यसामग्री मान्ने हो भने बालसाहित्यको विकास भएको धेरै भएको छैन । त्यसो त नेपालमा औपचारिक शिक्षा नै गुरुकुलबाट पाठशाला युुगमा प्रवेश नै १९३२ को दिङ्गलामा बालगुरु षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला र त्यसको लगत्तैपछि १९३४ मा रानीपोखरी पाठशालाबाट भएको थियो । कतिपयले लक्ष्मीप्रसाद देवकोटाको ‘राजकुमार प्रभाकर’ (बालकाव्य, १९९६) लाई नेपालको पहिलो बालसाहित्य मानेका छन् । यसैलाई सन्दर्भविन्दुमान्दा भने बालसाहित्यको इतिहासले भर्खरै शताव्दी पार गरेको छ । त्यसपछि देवकोटाले पुतली (कविता, २००९), सुनको विहान (२०१०), गाइने गीत (२०२०), चिल्ला पातहरु (२०२१), आकाश बोल्छ (२०२५), छाँगासँग कुरा (२०२६) लगायत थुप्रै बालसाहित्यका सिर्जना गरेका छन् । उनले यी सिर्जनाहरुमा लयविधान, प्रकृतिको चित्रण, सरल भाषा, बालसुलभ शव्द र मीठो प्रस्तुतीका साथ शिक्षा पनि दिएका छन् । देवकोटाको बालसाहित्य प्रवृत्तिलाई सिद्धिचरण श्रेष्ठ, माधवप्रसा घिमिरे, देवकुमारी थापा, रमेश विकल, श्यामप्रसाद, शान्तदाश, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाई, देवीप्रसाद वनवासी, विश्वम्भर चञ्चल, दैवज्ञराज न्यौपाने, ध्रुवकृष्ण दीप, परशु प्रधान, तेजप्रकाश श्रेष्ठ, प्रेमा शाह, विजय चालिसे, विनय कसजू, कविताराम, कल्पना प्रधान, रामबाबु सुवेदी लगायतले समृद्ध बनाउँदै लगेको देखिन्छ । केही दशक अघिसम्म हजुरआमाका मुखबाट निन्द्रा बोलाउने (लोरी सनाउने) क्रममा भनिदै आएका लोककथा र दन्त्य कथाको स्थान अव विद्यालयहरुमा बालबालिकाका लागि प्रारम्भिक बालबिकास शिक्षा साथ शुरुसंगै घामपनी घामपानी स्यालको विहे, दशै आयो खाउला पिउला, ट्ीन्कल–ट्वीन्कल लिटिल स्टार, जोनी जोनी एस पापा आदि सुुक्ति र श्लोकहरु मार्फत शिक्षाको जग बसाउने प्रवृत्तिले लिएको छ । बालसाहित्यले औपचारिक शिक्षाको प्राथमिक दिनलाई संवोधन गर्नु खुसीको कुरा हो ।

रमेश विकल र बालसाहित्य
रमेश विकल बालसाहित्यको देवकोटीय धारलाई समृद्ध गराउने मध्येका एक विशिष्ट साधक हुन् । उनका साहित्यमा पाइने समाजिक यथार्थवाद मार्फत आदर्श समाज स्थापना गर्ने प्रवृत्तिमा रहेका विकल ससाना बालबालिकालाई शिक्षा र मनोरञ्जनमार्फत चरित्र निर्माणको अभिमुखीकरण गर्ने अभिष्ट राख्दछन्, यसै अभिप्रायमा थुप्रै बालसाहित्य रचना गरेका छन् । वि स २०२२ मा ‘ते¥ह रमाइला कथा’ मार्फत बालसाहित्यमा पहिलोपटक प्रकाशित विकल त्यसपछि पञ्चतन्त्रका कथाहरु (२०२२), एक्काइस रमाइला कथाहरु (२०२३), अँगेनाको डिलमा (२०२३), कथा कुसुम (२०२४), म र मेरो विवेक (२०४२), दिलमाया (२०४३), केही मूर्खहरुको कथा (२०४५), म र मेरो घर (२०४६), हिउदे छुट्टी (२०४९), गौथलीको घर (२०५०), बुद्धुरामले कुरा बुुभ्m्यो (२०५१), सङ्गत गुनको बुद्धि (२०५७), मान्छे, भैंसी र मुरी चामलको भात (२०५७), दुुष्ट भँगेरो र गौथलीहरु (२०६०), एउटा कथा भन्नु न हजुरआमा (२०६१), मलाई किताव मन पर्छ (२०६३), बुद्धिके घैँटोमा घाम (२०६३), हजुर आमाको कथा, गौतम बुद्ध र पानीको संसार, रमेश विकलका उत्कृष्ठ बालकथाहरु (२०६३) प्रकाशित भएका छन् । विक्रम र नौलो ग्रह (किशोर उपन्यास, २०३३), सातथुुङ्गा (एकाङ्की, २०३७), अव तिमी नरोउ किरण (एकाङ्की, २०५९), हराएको चिट्ठी (एकाङ्क, २०६४) र बाल गीत सङ्ग्रह बार्‍ह महिनाको गीत प्रकाशित छन् । विकलले २०३७ मा सात थुँगा प्रकाशित गरी बालसाहित्यमा बालएकाङ्की प्रवेश गराएका छन् ।

विकलले इन्द्रजाली रुख (२०५५), पिटर र व्वाँसो (२०५८), विश्व प्रसिद्ध बालकथा (२०५९), दुुष्ट भँगेरो र गौथलीहरु (२०६०) र समुद्री हुँडार (२०६३) अनुवाद गरी बालबालिकालाई विश्वस्तरीय बालसाहित्यको स्वादमा पनि परिचित गराएका छन् । यसरी रमेश विकलले बालसाहित्य सिर्जनामा संख्यात्मक, गुणात्मक, विधागत दृष्टिमा फराकिलो क्षेत्र लिएका छन् । विधागत आधारमा भन्दा उनको बालसाहित्यमा बालकथाको संख्या धेरै छ ।

रमश विकल बालसाहित्यमार्फत नैतिक आचारण र असल चरित्र निर्माणको शिक्षा दिने गर्दछन् । बालसाहित्य समालोचक एवम् विश्लेषक प्रमोद प्रधानका शव्दमा विकल घटना र चरित्रका माध्यमबाट बालबालिकालाई एकातिर आदर्श नागरिक बन्न प्रेरित गर्छन् भने अर्कोतिर समाजमा व्याप्त रुढीवाद, अन्धविश्वासलाई समप्त गर्नुपर्ने तथ्य औल्याउँछन् । प्रधानको भनाइ उनका सबै बालसाहित्यले पुष्टि गरिरहेका छन् ।

विकलको पहिलो बालकथा सङ्ग्रह ‘अँगेनाको डिलमा’ २०२३ मा प्रकाशित भएको थियो । यसमा आठ बाललोककथाहरु समवेश छन् । सङ्ग्रहको पहिलो कथा ‘कौडे कुमार’ मा कुलमणि र सौदामिनीको चरित्र कार्यबाट घमण्ड कसैले पनि गर्नु हुन्न, आवेशमा गरिएको निर्णय प्रत्युत्पादक हुन्छ, दयावान र कृपालु व्यवहारले सन्सार जितिन्छ भन्ने सन्देश दिएका छन् । सौदामिनीलाई लेखकले आदर्श पात्रका रुपमा उपयोग गरेका छन् । ‘घमण्डी राजकमारी’ मा कसैले पनि रुपको घमण्ड गर्नु हुँदैन भन्ने शिक्षा छ । कथाकी पात्र मधुमती अत्यन्त सुन्दरी राजकुमारी आफ्नो रुपमा अत्यन्त अहङ्कार गर्दथी । उमेर र यौवन बढेपछि राजा आफ्नी छोरीका लागि उपयुक्त वर खोज्न भौतारिए । तर अहङ्कारी मधुमती उसलाई चाहेर हेर्न आउने सबै राजकुमारहरुलाई केही न कही खोट देखाएर फिर्ता गर्थी । उसलाई हेर्न आउने सबै राजकुमारहरुलाई अस्वीकार गरेपछि राजाको अरु देशसंगको सम्बन्ध पनि विग्रेकाले राजा निकै चिन्तित थिए । अर्कोतर्फ जवान भैसकेकी छोरीलाई कोसँग विवाह गर्ने भन्ने पनि चिन्ता बढ्दै थियो । कुनै देशको राजकुमार आउँदा उसलाई बोकेदारी भनेर खिसी गरेपछि राजकुमारीसँग कसरी बदला लिने भन्नेमा त्यो राजकुमार तुनाबुना बुन्न थल्यो । त्यही राजकुमार एकदिन कुरुप माग्नेको भेषमा छोरी माग्न राजा समक्ष आयो । त्यही माग्ने व्यक्तिसँग मधुमतीको विवाह गरेर राजाले उसको घमण्ड तोडिदिएका थिए । राजकुमारी राजाको घरमा नोकर्नी बस्न बाध्य थिई । पछि उसको सबै घमण्ड सकिएपछि राजकुमारले वास्तकिता बताए र आफ्नी श्रीमती बनाएका थिए । यसले घमण्ड गर्दा मधमतीको हाल हुन्छ भन्ने सन्देश दिएको छ ।

‘सातै दाजुु परदेश गए’ मा शील स्वभाव भएकी सुुभद्रा, मिहेनती सात दाजुहरु, दुुष्ट ६ भाउजूहरु र दयालु कान्छी भाउजूको कथा छ । सात दाजु कमाउन परदेश गएपछि ६ भाउजूहरुले नन्द सुुभद्रालाई अतिनै दुख दिन्छन् तर जति नै दुख पाएपनि सुुभद्रा न त्यसको शिकायत गर्छे र दुखका लागि उनीहरुले दिएका आदेशहरुको अवज्ञा नै गर्छे । कथाले कति दुख पाइ पनि अरुको भलो सोच्ने व्यक्ति सँधै विजय हासिल गर्छन् भन्ने देखाएको छ । ‘छोहोरा दाना’ ले बलभन्दा बुद्धि महान हुन्छ, बुद्धिले नै घमण्डलाई परास्त गर्न सकिन्छ भन्ने उदाहरणमा गरिब आमाबुुबाका छोहोरा जस्तो सानो छोराबाट देखाइएको छ । ‘हिमावती’ पनि सुुभदा जस्तै आदर्श कि प्रतीक छ । उसकी सौतेनी आमा कामिनी रुपको अतिनै अहङ्कारी छ । कामनीलाई सौतेनी छोरी आफूभन्दा उम्दा सुन्दरी भएको मन पर्दैन, उ कसैगरी हिमावतीलाई सिध्याउन चाहन्छे । जति नै दुख र कष्ट सहनुु परेपनि हिमावती अन्ततः राजकुमारी बनी तर अहङ्कारी र परपीडक कामिनी भने आफ्नो सजायँ भोग्न बाध्य भइ । ’हंस–कुमारी’ मा छलकपट गर्ने नोकर्नी केतुकी र केतुकीको छलकपटबाट नोकर्नी बनेकी पुुस्पारानीको कथा छ । यसमा पनि षड्यन्त्रकारी केतुकीको हार र पुस्पारानीको जीत हुन्छ ।

‘भूत भगाउने सिपाही’ कौतुहल जगाउने बालकथा हो । प्रत्येक घटनापछि अव के हुन्छ भन्ने जिज्ञासा जगाउँछ । सिपाही अव्दुल्ला दयालु, इमानी, साहसी र परिश्रमी छ । भूतहरु मानिसको जात बेइमानी हो, यिनीहरुलाई पनि बेइमान गर्नुपर्छ भन्ने सोचमा सिपाहीलाई वेइमान गर्न खोज्छन् । अन्ततः सिपाही अव्दुल्ला भूतहरुलाई तह लगाई फोहरमैला भएको ठाउँमा बसी फोहरमैला गर्ने, बेइमनी मानिसहरुलाई मात्र दुुखदिन पाउने गरी कार्यसीमाङ्कन गरिदिन्छ । कथाले संसारमा सवै मानिस खराव छैनन्, असल मानिसलाई भूतले पनि दुख दिदैन भन्ने दोहोरो सन्देश दिएको छ । ‘बहादुर सिपाही’ प्रजावत्सल राजा र पराक्रमी सिपाहीको कथा हो । विक्रम नामको सिपाही आफ्नो देशमा उसको साहसको कदर नभएपछि उज्जयिनीबाट प्रजावत्सल र न्यायप्रेमी राजा भएको उपत्यका पसेको छ । शुरुमा राजाको गार्ड बनेर राजाको सेवा गरेको बिक्रम अनेकन कष्ट खाएर राजालाई सहयोग गरेको देखेपछि आफ्ना उत्ताधिकारी नभएका राजाले अन्तमा विक्रमलाई नै उत्तराधिकारी बनाउन पुुगे, राजा बनेपछि विक्रमले पनि न्याय र धर्मका आधारमा राजकाज चलाए र उनको यश फैलियो । यसर्थ ‘अँगेनाको डिलमा’ सासना नानीहरुको असल चरित्र निर्माणका लागि अँगेना वरिपरि बसेर भनिने लोककथा र परिकथाहरुको सँगालो हो । सबै कथाहरुले बालबालिकालाई मनोरञ्जन, उत्सुकता दिदै असल बन्न अभिमुखित गर्दछन् ।

उनको अर्को चर्चित बालकथा ‘केही मूर्खहरुको कथा’ मा किसानकी स्वास्नी, उज्यालो पक्डन खोज्ने स्वाँठ, सिकर्मी र दाइजो दिने पलङ, किसान र घाँस नखाने गाई, छोप्राङ्गे र शहर गरी पाँच कथा छन् । कथाहरु ससाना कुराबाट उव्जिेने आशङ्का र सन्त्रास शुरु हुन्छ र सानो अड्कलले सकारात्मक परिणामका साथ टुङ्गिन्छ । कुनै काम गर्नु अघि सोच्नुपर्छ तर मूर्खहरु त्यसो नगरी सानो कुरालाई पनि ठूलो समस्या बनाउँछन् । ‘किसानकी स्वास्नी’ मा स्वास्नी शङ्कालु छ, निदालको खुकुरी खसेर बच्चा मर्छ कि भन्ने सन्त्रासमा भौतारिन्छे । ‘सिकर्मी र दाइजो दिने पलङ’ मा सिकर्मीको मुख्र्याइ र चतुरेको चतुु¥याई छ । ‘किसान र घास नखाने गाई’ मा बुढाथोकी किसानको भोलभाला र चतुरेको चतुु¥याइ छ । ‘छेप्राङ्गेको शहर’ पनि मूर्खहरुको कथाको निरन्तरा हो । पाँचैवटा कथाले मुख्र्याइपूर्ण वा बुद्धुु व्यवहारले जीवनमा दुख पाइन्छ भन्ने विषयलाई बालबालिकाको मनजित्ने गरी प्रस्तुत गरिएको छ ।

म र मेरो छिमेक, दिलमाया, मान्छे भैसी र मुरी चामलको भात, बाह महिनाको कथा चित्रात्मक प्रस्तुतीका बालकथा हुन् । यी कथाहरु मूलतः प्रिरिडस र अर्लि रिडर्सलाई लक्ष्य गएिको छ । जहाँ अक्षर, घटना र चित्रहरुको संयोजनले पाठकहरुलाई कथा परिवेशको सादृश्यतामा पुु¥याउँछ, उत्सुकताका साथ शिक्षा दिन्छ ।

‘रमेश विकलका उत्कृष्ठ बालकथाहरु’ (२०६५) मा छानिएका १० बालकथाहरु सङ्ग्रहित छन् । यी कथाहरु अर्लि रिडर्स (पाँचदेखि सात वर्ष समूह) र सोभन्दा माथिका उमेर समूहका लागि लक्षित देखिन्छन् । ‘दुुष्टलाई बचाउन खोज्दा’ किसान रत्नबहादुरले अजङ्गको सर्पलाई मार्नबाट बचाउने बृद्ध मानिसलाई नै सर्पले बदला लिन खोजेको सर्पको कथा हो । कथाले दुुष्टले उपकारीलाई पनि दुुष्ट देख्छ र आफै फन्दामा पर्छ भन्ने देखाएको छ । ‘आमाको अनन्य भक्त हाजि अलि’ घरधन्दा गरी टुहुरो छोरो पाल्ने दुखी विधवा आमा र उनप्रति अगाध माया गर्ने छोरो अलिका आदर्श व्यवहारको चित्रण हो । आमाहरु आप्mना सन्तानलाई कति बात्सल्य प्रदान गर्छन्, जहिले पनि निर्दोष देख्छन्, असल छोराहरु पनि आमाको आदर र भक्तिमा डुब्छन् । आमाको शुुभेच्छाले सन्तानको यश कीर्ति फैलिन्छ, जसरी अहिले दयालु तीर्थयात्री (हाजी) भनेर सन्सार चिनिएको छ भन्ने नैतिक शिक्षा यसले दिएको छ । ‘मानिस, पहाड र सङ्कल्प’ साहसी चिनिया लोककथा हो । यस कथाले दृढ सङ्कल्प र लगातारको परिश्रम भए अजङ्गको चट्टाने पहाड पनि साना ज्यावलको भरमा काटेर गन्तव्य पुुग्ने बाटो बनाउन सकिन्छ भन्ने शिक्षा दिएको छ । ‘यसरी पाए उसका गाउँलेले जावी’ शिकारी युवक नामसाङ र उसकी श्रीमती युमाको परिश्रमबाट जाली (जावी) बनाउने सीप विस्तार गरेको तिलस्मीपूर्ण किम्वदन्ती हो । ‘पेँडा र रानाडे’ प्राचीन भारतीय किम्बदन्ती हो । गोबिन्द रनाडेको बाल्यकालमा आफ्नै घरको नोकरको आफ्नै उमेरको बच्चा साथी हुन्छ । रानाडे त्यस साथीसँग खेलिरहँदा कुनै दिन आमाले एउटा पेँडा बाँडेर खान दिन्छिन् । गोविन्द रानाडेले पेँेडा भाग लगाउन भाँच्दा टुक्रा बराबरी नभै ठूलो सानो हुन्छ । उसले ठूलो टुक्रा साथीलाई दिइ सानो आफूले खान्छ । आमाले उसलाई ठूलो टुक्रा किन दिएको भनेर छोराका परीक्षा लिन खज्छिन् । रानाडे ऊ पनि आफूजस्तै बालक भएकोले यसो गरेको जवाफ आमालाई दिन्छ । रानाडेको बाल्यावस्थादेखिकै असल स्वभावका कारण पछि उ महान न्यायाधिश (असल मान्छे) बन्न सक्यो । परिवार र धन सम्पत्ति ठूलो होइन, मन र व्यवहार असल भएमा जोकोही ठूलो मानिस बन्न सक्छ भन्ने सार कथाको छ । ‘एक मुठी माटो, एक टुक्रा फलाम’ इलमी भाइ र भाग्यवादी दाजुको कथा हो । यसले पनि भाग्यले होइन, आफ्नै मुट्ठीले, आफ्नै कर्मले मानिस सफल बन्छ भन्ने देखाएको छ । ‘आफ्नो आफ्नो बुुझाइ–१’ मा एकजना गुरुले आफुूबाट शिक्षा लिएका चार शिष्यलाई दीक्षान्तका समयमा दिएको उपदेश ‘सदाचारण तत्पर’ प्रत्येकले आआफ्नै अर्थमा लिएर चारैजना सफल बनी ठूलो वृत्तिकर्मका हकदार बनेको देखाइएको छ । बुुझाइ व्यक्तिको मानसिक झुुकाव र अभिमुखीकरणको फरकका कारण पनि फरक हुनसक्छ तर सही कर्म अवलम्वन गर्न भुल्न हुँदैन भन्ने यहाँ देखाएको छ । जस्तो कि दीक्षान्तको आदर्श सुक्तिले पहिलो शिष्य ज्ञान गुणले भरिपूर्ण भयो, दोस्रो युद्धकलामा पारङ्गत भयो, तेस्रो व्यापारमा र चौथो चाँही सीपमा । कालान्तरमा पहिलोलाई ब्राह्मण, दोस्रोलाई क्षेत्रीय, तेस्रोलाई वैस्य र चौथोलाई शुद्र कहलियो । पछि समाजले चिनेको चार वर्ण जन्मको आधारमा नभै वृत्ति वा कर्मको आधारमा हो । वृत्ति वा कर्मले मात्र मानिस छुट्टिन्छ भन्ने दीक्षा दिन कथा सफल छ ।

‘आफ्नो आफ्नो बुुझाइ–२’ मा ब्रम्हाले दिएको आदर्श शव्द ‘द’ मा तीन व्यक्तिमध्ये एकले दम्भ, दोस्रोले दण्ड र तेस्रोले दया बुुझेका छन् । शव्द एकै हो, बुुझाइ फरक छ । ‘चञ्चली पुतली, वर्षायाम र माहुरी’ मिहेनती र कत्र्तव्युखी माहुरी र आफूमुखी पुतलीबीचको साथीत्वको कथा छ । माहुरी पुतलीलाई सकी नसकी सहयोग गर्छ । ‘उड्ने सपनाको दुुखद अन्त्य’ बुुबा डेलासियस र छोरा उराकसको बैज्ञानिक खोजपूर्ण कार्यको बर्णन हो । उड्ने सपना पूरा गर्न बुुबाले पखेटा हालेर आफू र छोरो उड्छन् । तर बुुबाको खवरदारीलाई वास्ता नगरी टाढा टाढा पुुगेपछि छोरा उराकसको पखेटा सूूर्यको तापले जली उ पनि ध्वस्त हुन्छ । तत्परता सामथ्र्य सहितको हुनुपर्छ, अन्यथा जोखिम निम्त्याउँछ भन्ने शिक्षा यसले दिएको छ । ‘मेरो पाङ्ग्रे कस्तो छ आमा’ बालक आलोकको कुुकूर छाउरोप्रतिको माया हो । बालमनोज्ञिानले पशुका बच्चालाई पनि आपूmजस्तै सम्झन्छ भन्ने कथाले देखाएको छ । ‘फ्याउरो, सूर्य र सुकेनासको कथा’ फ्याउरोको आफू मोटो–बलियो छ भन्ने भ्रमलाई सज्जन मानिसले प्रमाणित गरिएको छ । ‘हुरीले उडाएको सपना र मै छोरी सुन्दरी’ मा गरिब बालिकाको सपना दुुष्ट महिलाले कसरी चक्नाचुर पारी भनी जता गए पनि दुखीलाई दुखकै नियति देखाइएको छ । सुरबहादुर भुजेल (सुरे घर्ती) छोरी सरस्वतीलाई धेरै पढाउन चाहन्छ तर सामथ्र्य छैन । त्यसपछि शहरक औलो–दौले पैसा कमाएको घरमा काम पनि गर्ने पढाउने पनि भनी पठाउँछ । मालिकको छारो उ जस्तै समवयी छोरो मदन पनि साथै पढ्छ । पछि मालिक्नीले धेरै काम लगाउने, कुट्ने पिट्ने यातना दिने गर्न थाल्छे । एकदिन तातो इस्तरीले तिघ्रामा डामी दिइ । आमाको अत्याचार देखेर मदन आफू ठूलो भएपछि त्यसो गर्न नदिने आश्वासन दिन्थ्यो, पीडा–यातना कसैलाई बताउने मानिस समेत नपाएकी सरस्वतीलाई मदनको आश्वासनले मात्र पनि राहत मिल्थ्यो । यौवनका पुुगेकी सरस्वतीलाई मदनले प्रेम ग¥यो र सरस्वतीले गर्भ पनि धारण गरिछ । मालिक्नीले सरस्वतीको पेट बढेको देखेपछि स्वीकर्नु त कता हो कता, दिनु यातना दिएर नजिकको प्रहरी चौकीको प्रहरीसंग बात लगाइ यसैको जिम्मा लगाइ दिई । मालिक–मालिक्नीको शक्ति र सम्पत्तिको प्रभावले एउटी गरिब केटीको सुन्दर सपना हुरीले तहस नहस पा¥यो । यो कथा बालमनोविज्ञानमा आधारित भएपनि बालकथा जस्तो देखिदैन । यसले नेपाली समाजमा रहेको आर्थिक तहसोपानमा गरिबहरु सम्भ्रान्तबाट कसरी पिसिन्छन् भन्न् देखाएको छ, जुन उनका अरु कथाहरुमा पनि हामी पाउन सक्छौ ।

‘गधालाई टाँड चढाएपछि’ मा गधालाई जात्रामा खट (ताँड) मा चढाएर मान गरेपछि गधामा विकसित अहङ्कारको उन्मत्याइले मानव समाजलाई दिएको दुख उल्लेख छ । शासकलाई विश्वास गर्दा उनीहरु शासितमाथि कसरी अन्याय र थिचोमिचो गर्छन् भन्ने विम्बात्मक अभिव्यक्ति दिइको देखिन्छ । यसर्थ यो पनि विम्बात्मक अर्थमा बयस्कहरुको कथा हो, शासकप्रतिको व्यङ्ग्य हो । ‘खिचडी पिकनिक र भुस्याहा खिच्चा’ रमाइलो गर्नुुपर्ने तर कसैले पनि दुख गर्न नहुने उरन्ठेउला स्कुुले केटाहरुको प्रवृत्ति चित्रण गर्दछ । घरबाट घिउ ल्याउन कोही नजाँदा पकाएको खिचडीजति सबै भुुस्याा कुकूरहरुको वथानले खाएपछि पिकनिक रमाइलो त भएन नै सबैले दिनभर भोकभोकै रहनु पर्‍यो ।

‘एउटा कथा भन्नु न हजुरआमा’ पन्ध्र बालकथा सङ्ग्रहित छन् । कथाको शीर्षक कथा ‘एउटा कथा भन्नु न हजुर आमा’ हजुरआमा नाती कमललाई कथा सुनाउदैछिन् । कमल हजुरआमासंगै सुत्छ, तर कथा नसुनी (हजुरआमाले लोरी नहाली) निदाउँदैन । हजुरआमा बुुबाआमा गुमाएको टुहुुरा दाजु बहिनी बसन्त र गुनकेसरीको कथा सुनाउँछिन् । बसन्त र गुनकेसरी मामाघर बस्थे । उनीहरुको प्रश्न र कौतुुहलताले मामा हैरान हुन्थे । एकदिन खुन्ते दमाइकी छोरी खिनौरी धारामा पानी लिन जाँदा साइली बज्यैले ब्राह्मणको धारामा पानी लिन आएको भनी खिनौरीलाई धकेलेर लडाइदिन्छे, उसमा चोट लाग्छ । यो घटनाले बसन्त र गुनकेसरीमा धेरै प्रश्न जाग्छ्न्–के धारो पनि बाहुनको र दमाइको हुन्छ ? पानीको पनि जात हुन्छ ? मानिस ठूलो र सानो जातको हुन्छ ? यस्ता प्रश्न सुन्दा सुन्दै सुतेको छ कमल । यसले बालबालिकामा सामाजिक सद्भाव र आपसनीपनका लागि नैतिक शिक्षा दएको छ । त्यसैगरी हजुर आमा प्रत्येक दिन कथा सुनाउदै जान्छिन्, कहिले ‘एकादेशको एउटा राजा’ को कथा त कहिले ‘टाँड चढाइएको गदा को कथा’ आदि । सबै कथाले बालकलाई ठूलो भएपछि नागरिक जीवनका लागि चाहिने ज्ञान, सीप र स्वभाव जस्ता नैतिक आचरण निर्माणको ध्येय राखेका छन् । समाजमा धेरै हजुरआमाहरु आप्mना नातिनातिनालाई यसरी नै था हाल्दै असरल मानिस बनाउने पाठशाला बनिरहेका छन् ।

बालबालिकाको साहित्यिक खुराक पूरा गर्न विकलले कथा, चित्रकथा र नाटक मात्र लेखेनन्, ‘विक्रम र नौलो ग्रह’ (२०३९) किशोर उपन्यास पनि लेखेका छन् । यो किशोर वयसमूहका लागि लेखिएको पहिलो नेपाली बालउपन्यास हो । काठमार्डौ उपत्यकाको उत्तरपट्टिको किसान परिवारमा एक बुुबाका तीन भाइ छोरा मध्ये विक्रम माहिलो हो । काम गर्न मन पराउँदैन । पढ्न पनि हिसावमा मात्र दिलचश्वी दिन्छ । एकान्तमा टोलउने, निलो आकाश गमेर बस्ने र के के कल्पनाचित्र दिमागमा उतार्ने गर्छ । एकदिन सुतिरहेको बेलामा तन्द्रामा नै कुनै बृद्ध मानिस चन्द्रमाबाट आएर त्यहाँको कथा बताउँछ । साथै एउटा प्रकाशको डल्लोजस्तो बस्तु दिएर यसले उसलाई सहयोग गर्छुु भन्ने आश्वासनसाथ मङ्गल ग्रहमा जाने सल्लाह दिन्छ र अलप हुन्छ । उसले यो अपत्यारिलो कुरा बाचा गराएर मिल्ने साथी विवेकलाई बताउँछ । विक्रम विवेकको साथमा नजिकैको बनमा बसेर यन्त्र (यान) तयार गरी मङ्गल ग्रह पुुग्छ । मङ्गलमा पनि बस्ती छ, मानिसहरु छन्, शासन छ । त्यहाँको लोकप्रिय राजा निलुुम्वालाई अपदस्थ गरी बोगुम्वाले राज्यसी (अधिनायकवादी ?) शासन गर्छ । अगि चन्द्रमाबाट आएको बृद्ध मानिसले असल मानिसलाई सहयोग गर्नुुपर्छ भनेको थियो । विक्रम र विवेक पनि निलुम्वाको समूहमा रही आन्दोलन गर्छन् । निलुम्वा पनि शासनमा पुुग्छ र असल शासन गर्न शुरु गर्छ । त्यसपछि पृथ्वी र मङ्गलबीच असल सम्बन्ध बनाउने हेतुले बिक्रम र विवेक पृथ्वी फर्किन्छन् । यसर्थ थोरै विज्ञान कथा (साइफाइ) र धेरै काल्पनिक कथा हो, जसले पलपलमा कौतुहलता सिर्जना गर्छ । प्रयास गर्दा कल्पनाका कुरा पूरा गर्न सकिन्छ भनी बालबालिकाको मनमा नवउन्मेष र आविस्कारको विउ रोपेको छ । विश्वमा यस्ता कति विज्ञानकथा छन्, जो यथार्थमा पूरा भएका छन् ।

विकलले बालबालिकालाई लक्ष्य गरी नाटक तथा एकाङ्कीहरु सात थुुँगा (२०३७), अब तिमी नरोऊ किरण (२०५९), हराएको चिठी (२०६४) लेखेका छन् । सात थुँगामा शम्भु दाइ निर्दोष छ, देवदतको महत्व, किसान र बाघ, गीता भेट्टिई, ऊ हाम्रो साथी हो, सिद्धार्थको करुणा, नदेखिने दान गरी सात एकाङ्की (सात थुुँगा) समावेश छन् । अव तिमी नरोऊ किरणमा आमा मेरी आमा, अव तिमी नरोऊ किरण, माया दी मलाई पनि स्कुल लैजानोस् है, हराएका आमा बुुबा, राजाबाबु गरी पाँच एकाङ्की समावेश छन् । हाराएको चिठीमा एउटा कुरो नि, के ल्याऊ हजुर ? जेरी, स्वारी, तरकारी ?, उ ज्ञानी भैहाल्छ नि, हजुरआमाले भन्नुहुन्थ्यो–एका देशमा, हराएको चिठी, रजा हिमवन्तको निसाफ, र डा. सर्वज्ञमान एन् के गरी सात बालनाटक छन् । सरल सम्वाद, अकार्षक प्रस्तुती, विभिन्न समूहका पात्र र आदर्श नायक मार्फत बालबालिकालाई कथाहरुमा जस्तै नैतिक शिक्षा र ज्ञानको खुराक पस्केका छन् । उनका नाटकका पात्रहरु बालरुची अनुरुपका छन्, बालबालिकालाई मनपर्ने दृश्यविधान र पशुु पात्रहरुको पनि उपयोग गरिएको छ । बालनाटक/एकाङ्की अभिनेय सामग्री हो, यसले बालबालिकाको कलिलो दिमागमा अमिट छाप छोड्छ ।

बालबालिकाहरु गीती भाकामा भनिएका कुराहरुलाई सजिलो रुपमा लिन्छन्, मनोरञ्जनका साथ स्मृतिमा अमिट बनाउँछन् । विकलको ‘बा¥ह महिनाको गीत’ (२०४४) मा नेपाली पात्रो अनुसारका बा¥ह महिनाका प्रमुख विशेषतासहित ज्ञान दिइएको छ । जस्तो कि:

‘जेठो महिना बैशाखको
गर्मी चढ्न थाल्छ–
कुहु कुहु कोइलीले
गीत गाउन थाल्छ ।
जेठ महिना माहिलो कहिना
माटै बाल्न थाल्छ–
उकुस मुकुस पसीनाले
निथाचूर्ण पार्छ’ ।

गाउँघरमा श्रुुति परम्पराबाट अहिले पनि यस्ता गीत, कविता र श्लोकहरु बालबालिकाका ज्ञानका स्रोत बनिरहेका छन्, बाचक हजुर आमा, आमा, दिदी र बुढापाकहरु आफ्ना नानी–बाबाहरुलाई नीति, शिक्षा र मनोरञ्जन दिइरहेका छन् ।

उनले विदेशी भाषाका राम्रा कथाहरु अनुवाद गरेर अन्यत्रका बालसाहित्य नेपाली समाजलाई दिएका छन् । एलिड ब्लाइटन लिखित आख्यानको अनुवाद इन्द्रजाली रुख को नाममा गरिएको छ । यसलाई उनले पुस्तक आकार दिनुअघि गोरखापत्र दैनिकमा धारावाहिक प्रकाशन पनि गरेका थिए । पछि पनि साहित्यपोष्ट लगायतका डिजिटल तथा छापा पत्रिकाले यसका अंशहरु प्रकाशन गरेका छन् । त्यस्तै ज्यक लण्डन लिखित समुद्री हुँडार, लियो टास्लटाय लिखित दुुष्ट भँगेरो र गौथलीहरु पनि अनुवाद गरी प्रकाशन गरेका छन् । अनुुवाद बालसाहित्यले अन्य मुलुक र भाषाका लोककथा र नीतिकथा मार्फत बालबालिकाको ज्ञानको क्षितिजलाई अझै फराकिलो पार्दछ । बालबालिकालाई बाह्य समाजसँग चिनाउँछ ।

विकल बालसाहित्य पनि लेख्छन्, बालबालिकाको मनोविज्ञान विश्लेषण गरेर बाबालिकाका अभिभावकका लागि साहित्य पनि लेख्छन् । यस अर्थमा विकल बालमनोविज्ञानको अध्ययन र त्यस अनुरुपका बालसाहित्य सिर्जना गर्दछन् । उनले रचना गरेका धेरै बालसाहित्यहरु पाठ्य बालसाहित्य हुन्, शैक्षिक सामग्री उत्पादन गर्ने निकायमा रही निजामती सेवामा संलग्न भएकाले पनि उनलाई यसो गर्न अवसर मिलेको थियो ।

यसर्थ विकलका बालसाहित्यले बालबालिकाको नैतिक चरित्र, ज्ञान विकास र मनोरञ्जनलाई एकसाथ प्रस्तुत गरको पाइन्छ । उनको मूल सिर्जनावृत्तिको प्रमुख प्रवृत्तिको जगका रुपमा बालसाहित्यलाई लिन सकिन्छ । किनकी सामाजिक थिचोमिचो र कुसंस्कार हटाइ आदर्श, न्यायपूूर्ण र प्रगतिशील समाज निर्माण गर्ने उनका कथा, उपन्यास र नााटककै आशयमा छन् । उनका बालसाहित्यमा लयसन्धान पाइदैन तर चित्रसाम्य र सरल भाषा, मीठो प्रस्तुती, प्रकृति चित्रण र नैतिक सन्देश उनको बालसाहित्यको प्रवृत्ति हुन् ।

समाजमा बालसाहित्यलाई त्यति ध्यान दिइन्न । बालसाहित्य समाज र अभिभावकको कत्र्तव्य हो, बालिबालिकाको कत्र्तव्य होइन । बालबालिकाहरु आफ्ना लागि माग दावी पनि गर्न सक्दैनन् । प्रत्येक समाजले भोलिको समाज राम्रो होस्, भोलिको लागि असल प्रणाली हस्तान्तरण गर्न सकौं चिन्तन र व्यबहार गर्नुपर्छ । समाजको विवेकशील पुननिर्माण्नका लागि हालको पुस्ताले आउने पुस्तालाई, भोलिको समाज निर्मातालाई असल कार्यप्रेरणा दिनुपर्दछ । त्यसैले घरदेखि नै बालसाहित्य दिनुे नैतिक कत्र्तव्य हो । बालसाहित्य बाबालिकाको सुन्दर भविष्यका लागि हो ।

(रमेश विकल: समालोचनात्मक अन्वेषण)
मैनाली निवास, शङ्खमूूल