अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

बिआरटीनेपाल २०८० असार ५ गते ७:३७ मा प्रकाशित

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलवार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायातका छन्।’

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनुभएको थियो । भ्रमण न्युयोर्कबाट शुरु हुनेछ । जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तरराष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नुहुने छ ।

प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी जानुुहने छ । जहाँ उहाँले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुुहने छ । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुने छ । भारतीय प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू