अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीका नाममा एक अर्ब भारतीय रुपैयाँ ठगी, आठ हजार जना पीडित

बिआरटीनेपाल २०८० असार ५ गते ५:५८ मा प्रकाशित

भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीका नाममा एक अर्ब भारतीय रुपैयाँ ठगी भएको पाइएको छ ।तञ्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका झण्डै ८ हजार जना व्यक्तिसँग एक अर्ब भारु ठगी भएको खुलेको बीबीसी हिन्दीले जनाएको छ । ठगीमा संलग्न ५ जना फरार रहेका र उनीहरुको कार्यालय पाँच महिनादेखि बन्द रहेको खबरमा उल्लेख छ ।

पीडित मध्येका एक अमानुल्लाहका अनुसार उनका एक साथी दुई वर्षअघि घर आएका थिए, जसले क्रिप्टोकरेन्सीमा १ लाख रुपैयाँ लगानी गरेमा मासिक १५ हजार रुपैयाँ दिने वाचा गरेका थिए । अमानुल्लाहले साथीको सल्लाहमा दुई लाख रुपैयाँ लगानी गरे र आफूले भनेजस्तै पहिलो महिनामा तीस हजार रुपैयाँ पाए । त्यसपछि उनी आफैँ पनि मान्छेलाई लगानी गराउने अभियानमा जोडिएका थिए ।  तर, बिस्तारै उनीहरुले मान्छ ठगी गर्न थाले ।

यस घोटालाको सिकार ९८ प्रतिशत मुस्लिम महिला हुन्, जसले आफ्नो बचत क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका थिए। पीडितहरुले उजुरी दिएपछि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू