अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

बिआरटीनेपाल २०८० असार ४ गते ८:३९ मा प्रकाशित

भारतकाे सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण धेरै नदीहरुको बहाब बढेका कारण स्थानीयलाई सचेत रहन अपील गरिएको छ । सिक्किममा पहिरो र सडक अवरुद्धका कारण ३५ सय पर्यटक फसेका छन् ।उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्ण रुपमा बग्दा यातायात सेवा समेत अवरुद्ध बनेको छ । सिक्किमका अधिकांश कच्ची घर र केही पक्की घरहरु बाढीले बगाएको छ ।

सिक्किमको रामम नदीमा पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ । यस्तै, भारतकै तमिलनाडुमा भारी वर्षाले जनजीवन अस्तब्यस्त बनेको छ । आइतबार रातीदेखिको भारी वर्षाका कारण चेन्नइलगायतका स्थानमा विद्यालयहरु बन्द गरिएका छन् । सडकमा पानी भरिएका कारण कतिपय स्थानमा आवतजावत नै ठप्प भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू