अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असार ३ गते ५:४० मा प्रकाशित

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै यो आक्रमण भएको हो ।सुडानमा अर्धसैनिक बल ‘र्‍यापिड सपोर्ट फोर्स’ आर.एस.एफ.बीच गत अप्रीलबाट शुरु भएको संघर्षमा पछिल्लो समय सर्वसाधारणलाई निशाना बनाइएको छ ।

राजधानी खार्तुमको योरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् । सो क्षेत्रमा सुडानी सेनाद्वारा नियन्त्रित सैन्य क्याम्प समेत रहेको छ । दुई समुहबीचको युद्धमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू