अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बम बेलारुस पुग्यो

बिआरटीनेपाल २०८० असार २ गते ७:३३ मा प्रकाशित

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ ।अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गर्नुभएको थियो ।मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठीक भएको बताउनुभएको छ ।

इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको लुकाशेन्कोले बताउनुभएको छ । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहनुभएको छ । फब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो । रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू पनि पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू