अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४
| Colorodo: 08:59
क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ ।क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए ।
तर, घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको जनाइएको छ । कम्तिमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको सेमी ट्रेलर ट्रकले बसलाई ठक्कर दिएको थियो ।